कोरोनाको महामारी बढ्दै गएपछि चीनमा कर्मचारीमाथि कारबाही « Khabarhub

कोरोनाको महामारी बढ्दै गएपछि चीनमा कर्मचारीमाथि कारबाही


२८ माघ २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चीनबाट फैलिएको कोरोना भाइरसको महामारीबाट मृत्यु हुनेको संख्या एक हजार नाघेसँगै चीन सरकारले प्रकोप नियन्त्रणका लागि परिचालित केही अधिकारीमाथि कारबाही गरेको छ ।

पछिल्लो २४ घण्टामा एक सय तीन जनाको ज्यान गएसँगै हालसम्म कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या १ हजार १६ पुगेको छ ।

१ हजार १४ जनाको चीनमै मृत्यु भएको हो भने २ जनाले चीनबाहिर ज्यान गुमाएका छन । कोरोनाबाट सङ्क्रमित हुनेको सङ्ख्या ४२ हजार ६ सय ३८ पुगेको छ ।

चीन सरकारले कोरोना महामारी नियन्त्रणका लागि खटाइएका केही अधिकारीहरुके कामप्रति असन्तष्टि जनाउँदै उनीहरुलाई कारबाही गरेको छ ।

कारबाहीमा पर्ने सबैभन्दा माथिल्लो तहका अधिकारीमा चिनियाँ कम्युनिस्ट पार्टीबाट हुबे प्रान्तको स्वास्थ्य आयोगमा खटाइएका पार्टी सचिव तथा आयोगका प्रमुख छन् । सरकारले उनको एक तह घटुवा गरिदिएको छ ।

यस्तै, चन्दा हिनमिना गरेको आशंकामा स्थानीय रेडक्रसका सहायक निर्देशकलाई पदमुक्त गरिएको छ । पदबाट बर्खास्तीमा परेका रेडक्रसकर्मीको नाम भने खुलाइएको छैन ।

कोरोनाको महामारी नियन्त्रणमा नआएपछि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) को एउटा टोलीले चीनमा आजैदेखि उपचार, रोकथामका उपायहरुको काम थालेको छ ।

अन्तराष्ट्रियस्तरका विज्ञहरुसहित डब्ल्यूएचओको टोली सोमबार चीन पुगेको थियो ।

चिनियाँ स्वास्थ्य अधिकारीहरुका अनुसार तीन हजार नौ सय ९६ जनालाई उपचारपछि पूर्णरुपमा निको भएर डिस्चार्ज गरिएको छ ।

ज्यान गुमाउनेको सङ्ख्या हजार नाघे पनि नयाँ मानिसमा सङ्क्रमण हुने दर भने २० प्रतिशतले घटेको चीनले दावी गरेको छ ।

हुबेको स्वास्थ्य आयोगले सोमबार दुई हजार ९७ जनामा कोरोनाको सङ्क्रमण देखिएको जनाएको छ । आइतबार सङ्क्रमण हुनेको सङ्ख्या २ हजार ६ सय १८ रहेको थियो ।

प्रकाशित मिति : २८ माघ २०७६, मंगलबार  ११ : ३३ बजे

पार्टीभित्र देखिएको अन्तरविरोधलाई समाधान गर्न ट्रेड युनियनको आग्रह

काठमाडौं– नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले पार्टीभित्र

वीरगञ्जको जनजीवन सामान्य बन्दै

वीरगञ्ज– सर्वदलीय र सर्वपक्षीय बैठकले विगत केही दिनदेखि वीरगञ्जमा भइरहेको

महोत्तरीमा ३७ वटा नयाँ मतदान केन्द्र थप

जलेश्वर– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

चितवन राष्ट्रिय निकुञ्जमा साउनयता नौ गैँडाको मृत्यु

चितवन– चितवन राष्ट्रिय निकुञ्ज र आसपासका क्षेत्रमा साउनयता नौ वटा

चन्दा सङ्कलन गरेर खेलमैदानका लागि जमिन किनियो

म्याग्दी– अन्नपूर्ण गाउँपालिका–६ घारमा व्यवस्थित र सुविधायुक्त खेलमैदान निर्माण थालिएको