बी डिभिजन लिगको उद्घाटन खेलमा श्रीकुमारी र व्वाइज युनियन खेल्ने « Khabarhub

बी डिभिजन लिगको उद्घाटन खेलमा श्रीकुमारी र व्वाइज युनियन खेल्ने


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सहिद स्मारक बी डिभिजन लिगको उद्घाटन खेलमा श्रीकुमारी क्लब र व्वाइज युनियन क्लब भिड्ने भएका छन् ।

बी डिभिजन लिगको पहिलो खेलमा आगामि आइताबार दिउँसो साढे १२ बजेदेखि सातदोबाटोस्थित एन्फा कम्प्लेक्स्मा हुनेछ ।

लिगको पहिलो खेलमा श्रीकुमारी र व्वाइज युनियनले खेल्दा सोही दिनको दिउँसो श्रीभगवती क्लब र बाँसबारी क्लबले खेल्नेछन् ।

अघिल्लो बर्ष रेलिगेशन विनाको लिग हुँदा च्याम्पियन आरसीटी यो सिजनमा पनि बी डिभिजनमै खेल्न बाध्य छ ।

तर, यस वर्ष भने एन्फाले पहिलो हुने टोली ‘ए’ डिभिजन लिगमा प्रमोसन हुने र पुछारको एक टोली घटुवा हुने बताएको छ ।

राउण्ड रोविन लिगका आधारमा हुने बी डिभिजनमा ६६ वटा खेल हुनेछन् । लिगमा पहिलो हुने टोलीले १५ लाख पुरस्कार पाउनेछ भने दोस्रो हुनेले १० लाख, तेस्रो हुनेले ८ लाख र चौथो हुनेले ५ लाख पाउनेछन् ।

अघिल्लो सिजनमा लिगको पुछामा रहेका नयाँ बस्ती क्लब र बाँसबारी क्लबको १–१ अंक घट्नेछ ।

गत शनिबार सम्पन्न ए डिभिजन लिगबाट घटुवा भएको सरस्वती युवा क्लबले अर्को वर्षको बी डिभिजन लिग खेल्नेछ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  ४ : २६ बजे

नेपाली कांग्रेसको सभापतिमा गगन थापा विजयी

काठमाडौँ– नेपाली कांग्रेसको सभापतिमा गगनकुमार थापा विजयी भएका छन्। १५औँ

व्यवसायमैत्री वातावरण बनाउन सरकार प्रतिबद्ध छ : गृहमन्त्री गुरुङ

काठमाडौं – गृहमन्त्री सुधन गुरुङले व्यापार सहजीकरण, अवैध चोरी पैठारी

कांग्रेस महाधिवेशन : सकियो मतदान

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत भएको मतदान सम्पन्न

आइतबारदेखि उपत्यकाका छ स्थानमा १३ कम्पनीको ग्यास साटफेर गर्न पाइने

काठमाडौं – ग्यासका सिलिन्डर सहजै सट्टापट्टा नहुँदा हैरानी खेपिरहेका उपभोक्ताले

लोक दोहोरीगीत प्रतिष्ठानको अध्यक्षमा गायक शर्मा

महोत्तरी – राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठानको नवौँ महाधिवेशनले प्रसिद्ध