७९ हजार नगदसहित ५ जुवाडे पक्राउ  « Khabarhub

७९ हजार नगदसहित ५ जुवाडे पक्राउ 


१५ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महानगरीय प्रहरी वृत्त थानकोट जुवा खेलिरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरेको छ । उनीहरुको साथबाट प्रहरीले ७९ हजार ८० रुपैयाँ समेत बरामद गरेको प्रहरीले जनाएको छ ।

काठमाडौंको चन्द्रागिरी नगरपालिका वडा नम्बर ४ थानकोट खरीबोटस्थित बिजय प्रकाश श्रेष्ठले संचालन गरेको सिम्रिक मोटर पार्टसमा जुवातास खेलिरहेका अवस्थामा पाँच जनालाई नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा चन्द्रागिरी नगरपालिका-४ थानकोटका ४४ वर्षीय बिजय प्रकाश श्रेष्ठ, चन्द्र बहादुर गोपाली, राजु देसार, धर्मराज महर्जन र हरी गोपाल श्रेष्ठ  रहेका छन् ।

उनीहरुलाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत जुवा सम्बन्धी कसुरमा अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : १५ फाल्गुन २०७६, बिहीबार  ५ : ५८ बजे

जनकपुरमा भएको आगलागीमा एक जनाको मृत्यु

जनकपुरधाम– जनकपुरधाम उपमहानगरपालिका–८ रामानन्द चोकस्थित एक घरमा गएराति आगलागी हुँदा

भारतलाई पछि पार्दै इङ्गल्यान्ड बन्यो क्रिकेट विश्व वरीयताको नम्बर वान

लन्डन – श्रीलंकाविरुद्धको तेस्रो तथा अन्तिम टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ८

आरोहण टोली धवलागिरि आधार शिविरमा

म्याग्दी– चालु शरदयाममा विश्वको सातौँ (आठ हजार १६७ मिटर) अग्लो

बेनी अस्पतालमा ‘जनरल सर्जरी’ सेवा विस्तार

म्याग्दी– वेनीस्थित प्रदेश अस्पतालमा विशेषज्ञ ‘जनरल सर्जरी’ सेवा विस्तार भएको

भोजपुरको सानोदुम्मामा विशेषज्ञसहितको पशु स्वास्थ्य शिविर सञ्चालन

भोजपुर– भौगोलिक विकटताका कारण प्राविधिक सेवा र औषधि पाउनबाट वञ्चित