कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या २ हजार ८७३ पुग्यो | Khabarhub Khabarhub

कोरोनाभाइरसका कारण ज्यान गुमाउनेको संख्या २ हजार ८७३ पुग्यो


१६ फाल्गुन २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नयाँ कोरोनाभाइरसको सङ्क्रमणबाट विश्वभर शुक्रबार मध्यान्नसम्ममा दुई हजार ८७३ व्यक्तिको मृत्यु भएको छ ।

विश्व स्वास्थ्य संगठनले कोभिड–१९ नाम दिएको उक्त भाइरस विश्वका ५६ देशमा फैलिएको र विश्वभर कूल ८३ हजार ८५३ व्यक्तिमा सङ्क्रमण भएको विश्व स्वास्थ्य संगठन र सम्बन्धित देशका अधिकारीले पुष्टि गरेको तथ्याङ्कमा बताइएको छ ।

सम्बन्धित मुलुकका आधिकारिक स्रोतहरूबाट एएफपीले सङ्कलन गरेको तथ्याङ्कमा जनाइएको छ ।

बिहीबार साँझपछि उक्त भाइरसको सङ्क्रमण एक हजार २९३ थप व्यक्तिमा देखिएको छ । मूख्यभूमि चीनमा कोरोना भाइरसका कारण शुक्रबारसम्म दुई हजार ७८८ व्यक्तिको मृत्यु भएको छ भने ७८ हजार ८२४ जनालाई सङ्क्रमण पुष्टि भैसकेको छ । ग्रीनवीच समय अनुसार बिहबिार साँझ ५ बजेपछि शुक्रबार दिउसो १ बजेसम्म चीनमा थप ४१ जनाको मृत्यु भएको छ भने ३२७ जना नयाँ व्यक्तिमा सङ्क्रमणको पुष्टि भएको छ ।

यसबाहेक विश्वका अन्य मुलुकहरूमा कूल पाँच हजार २९ व्यक्ति सङ्क्रमित भएका छन् भने चीनबाहेक अन्य मुलुकमा कूल ८५ जनाको मृत्यु भएको छ । विश्वभर यो अवधिमा थप ९६६ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

चीनबाहेक सङ्क्रमण बढी देखिएका मुलुकहरूमा दक्षिण कोरिया अग्रस्थानमा रहेको छ । दक्षिण कोरियामा शुक्रबार मध्यान्नसम्म दुई हजार ३३७ जनालाई सङ्क्रमणको पुष्टि भएकोमा थप ५७१ जनामा विगत २४ घण्टाभित्र सङ्क्रमण पुष्टि भएको हो । दक्षिण कोरियामा सङ्क्रमणपछि उपचारका क्रममा १३ व्यक्तिको मृत्यु भएको छ ।
त्यस्तै इटलीमा १२२ नयाँ सङ्क्रमित व्यक्तिसहित ६५० जनाले सङ्क्रमणपछि विभिन्न अस्पतालहरूमा उपचार गराइरहेका छन् । यस सङ्क्रमणका कारण इटलीमा १७ जनाको मृत्यु भइसकेको छ ।

इरानको सरकारी तथ्याङ्कमा उल्लेख भएअनुसार शुक्रबारसम्म ३४ जनाको मृत्यु भएको छ भने कूल १४३ थप व्यक्तिमा सङ्क्रमण पुष्टि भएको छ । इरानमा सङ्क्रमितको सङ्ख्या ३८८ पुगेको छ ।

त्यस्तै यसबाहेक जापानको योकोहामास्थित एक पानीजहाजमा ७०० भन्दा बढी व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण भएको पुष्टि भएको छ । जापानका अन्य स्थानमा कूल २१० व्यक्तिमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको र आठ जनाको मृत्यु भएको बताइएको छ । जापानमा विगत २४ घण्टामा २३ नयाँ विरामीमा कोरोना भाइरसको पुष्टि भएको छ ।

प्रकाशित मिति : १६ फाल्गुन २०७६, शुक्रबार  ९ : ४५ बजे

पूर्वमन्त्री बस्नेत र प्राधिकरणका तत्कालीन अध्यक्ष झाविरुद्ध सवा ३ अर्बको भ्रष्टाचार मुद्दा

काठमाडौ- अख्तियार दुरूपयोग अनुसन्धान आयोगले तत्कालीन सूचना तथा सञ्चार मन्त्री

जेनजी पुस्ता नेतृत्वमा आउनुपर्छ : वर्षमान पुन

काठमाडौं– नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुनले डिजिटल प्रविधि र

चिनियाँ जनकङ्ग्रेसका उपाध्यक्षले भेटे प्रधानमन्त्री ओलीलाई

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीसँग चिनियाँ जनकङ्ग्रेसको स्थायी समितिका उपाध्यक्ष

सोबिताले भनिन्- सरकारले नै किर्ते जाहेरी तयार गरेर रविलाई फसायो

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोबिता गौतमले सभापति रवि लामिछानेविरुद्ध

बन्दीपुरका एक सय किसानलाई मौरीसहित घार वितरण

तनहुँ– जिल्लाको बन्दीपुर गाउँपालिकाको कृषि शाखाले एक सय किसानलाई ५०