कुबेतमा उडान बन्द, दुई साता सार्वजनिक बिदा | Khabarhub Khabarhub

कुबेतमा उडान बन्द, दुई साता सार्वजनिक बिदा


२९ फाल्गुन २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस संक्रमणको जोखिमलाई ध्यान दिंदै कुवेत सरकारले आज (बिहीबार)देखि दुई सातासम्मलाई सार्वजनिक बिदाको घोषणा गरेको छ ।

ठूलो संख्यामा नेपाली र अरु देशका आप्रवासी कामदार रहेको कुवेतले संक्रमण फैलिन सक्ने भन्दै यस्तो गरेको हो ।
करिब ४२ लाख जनसंख्या रहेको कुबेतमा ७० प्रतिशत आप्रवासी कामदार रहेको तथ्यांक छ । करिब ८५ हजार नेपाली कामदार कुवेतमा कार्यरत छन् ।

कुवेतले शुक्रबार मध्यरातदेखि लागू हुने गरी कार्गो बाहेकका सबै अन्तर्राष्ट्रिय उडानहरु बन्द गर्ने भएको छ । यसले नेपाली कामदार पनि प्रभावित हुनेछन् ।

कुवेतमा हालम्म ७२ जनालाई कोरोना भाइरसको संक्रमण देखिएको अन्तरष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

प्रकाशित मिति : २९ फाल्गुन २०७६, बिहीबार  ९ : ०० बजे

बढ्दै डेंगी सङ्क्रमण, सावधानी नअपनाए महामारी फैलिने चेतावनी

काठमाडौं – गर्मी मौसम तथा वर्षायाममा देखिने डेंगी केही वर्षयता

अमेरिकामा बाढीले १३ जनाको मृत्यु

टेक्सस – अमेरिकाको टेक्सस सहरमा आएको बाढीका कारण १३ जनाको

१७ वर्षपछि एकै फिल्ममा काम गर्दै अक्षय र सैफ

काठमाडौं – बलिउडका दुई नायक अक्षय कुमार र सैफ अली

पाँच प्रदेशमा धेरै ठूलो वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

विराट र रोहितपछि भारतको क्रिकेटमा शुभमन र वैभवको चमक

भारतीय क्रिकेट समर्थकका माझ एउटा प्रश्न तेर्सिएको थियो। एकै पटक