ललिता निवास प्रकरणका अभियुक्त पौडेललाई थुनामा पठाउन आदेश « Khabarhub

ललिता निवास प्रकरणका अभियुक्त पौडेललाई थुनामा पठाउन आदेश


३ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– विशेष अदालतले ललिता निवास जग्गा प्रकरणका अभियुक्तमध्येका एक कृष्णप्रसाद पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको छ।

विशेष अदालतका न्यायाधीश शिवराज अधिकारी र न्यायाधीश चन्द्रबहादुर सारुको इजलासले पौडेललाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माघ २२ गते तीन पूवमन्त्री, तीन पूर्वसचिवसहित १७५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो।

आयोगले पौडेलविरुद्ध ३२ करोड १९ लाख २० हजार बिगो दाबी गर्दै ८ देखि १० वर्षसम्म कैद सजाय हुनुपर्ने माग गर्दै मुद्दा दायर गरेको छ।
पौडेल तत्कालीन डिल्लीबजार मालपोत कार्यालयका अधिकृत हुन् ।

प्रकाशित मिति : ३ चैत्र २०७६, सोमबार  ७ : ५५ बजे

हिंसात्मक प्रदर्शनपछि पेरिससहित फ्रान्सका मुख्य सहरमा रात्रिकालीन कर्फ्यु

पेरिस – फ्रान्सभर सप्ताहन्तमा फैलिएको दङ्गा, तोडफोड र लुटपाटपछि फ्रान्सेली

नेपाली सेनाले ब्लास्टिङ गरेर चट्टान पन्छाएपछि खुल्यो उत्तरी नाका जोड्ने किमाथाङ्का सडक

संखुवासभा – नेपाली सेनाको अथक प्रयासपछि विगत तीन महिनादेखि अवरुद्ध

नवरात्रको अन्तिम दिनः आज महानवमी

काठमाडौँ – प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिनमा मनाइने महानवमी पर्व

राष्ट्रिय टोलीको क्याम्प छाडेका रोनाल्डोलाई ३० दिनको प्रतिबन्ध र २५५ युरो जरिवाना

काठमाडौँ – पोर्चुगिज फुटबल महासङ्घ (एफपीएफ) ले राष्ट्रिय टोलीका कप्तान

लिग-२ मा नयाँ इतिहास : १ हजार रन पूरा गर्ने पहिलो नेपाली ब्याटर बने रोहित पाैडेल

काठमाडौँ – नेपाली राष्ट्रिय क्रिकेट टोलीका ब्याटर एवम् पूर्व कप्तान