प्रधानमन्त्रीले सम्बोधनका क्रममा गरेका यी हुन् महत्वपूर्ण तीन घोषणा « Khabarhub

प्रधानमन्त्रीले सम्बोधनका क्रममा गरेका यी हुन् महत्वपूर्ण तीन घोषणा


७ चैत्र २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीका नाममा विशेष सम्बोधन गर्दै महत्वपूर्ण तीन वटा घोषणा गरेका छन् ।

उनले अत्यावश्यकीय सेवा बन्द नहुने, लामो दूरीका सवारी सञ्चालनमा रोक र अन्तर्राष्ट्रिय हवाई उडानहरु स्थगित गर्ने महत्वपूर्ण तीन घोषणा गरेका हुन् ।

उनले विश्वभर फैलिएको कोरोना भाइरस संक्रमणको जोखिम न्यूनीकरणका लागि चैत ९ गतेदेखि चैत २१ गतेसम्म अत्यावश्यक बाहेकका सबै सेवाहरु बन्द हुने बताएका छन् ।

उनले सम्बोधनको क्रममा भने, ‘देशैभर संघ, प्रदेश र स्थानीय तहका सार्वजनिक, सामुदायीक तथा निजी सेवा प्रदायक संस्थाहरूबाट प्रदान गरिने नेपाल राजपत्रमा प्रकाशन गरिए अनुसारका अत्यावश्यक सेवा बाहेकका अन्य सबै सेवाहरु चैत ९ गतेदेखि चैत २१ गतेसम्म बन्द गरिएको छ ।’

प्रधानमन्त्री ओलीले सम्बोधनका क्रममा १० चैतदेखि नेपालभर चल्ने सबै प्रकारका लामो दूरीका यात्रुवाहक सवारी साधनहरू सञ्चालनमा रोक लगाइएको उल्लेख गरेका छन् । तर केही अवधिका लागि भनिए पनि कहिलेसम्म भन्ने खुलाएका छैनन्।

त्यसैगरी, ९ चैतदेखि नेपाल भित्रिने सबै अन्तर्राष्ट्रिय हवाई उडानहरु स्थगित गर्ने घोषणा प्रधानमन्त्रीले गरेका छन्। अहिले १८ चैतसम्म त्यो घोषणा लागू हुनेछ।

त्यसैगरी प्रधानमन्त्री ओलीले सीमानाकाबाट आवागमन गर्ने यात्रुको स्वास्थ्य सुरक्षालाई प्राथमिकतामा राखी संक्रमणबाट जोगाउन अनिवार्य स्वास्थ्य जाँचको व्यवस्थासहित आवागमनको व्यवस्था मिलाइने उल्लेख गरेका छन्। यस सम्बन्धमा छिमेकी राष्ट्रहरुसँग आवश्यक समन्वय गरिने प्रधानमन्त्रीले बताएका छन्। प्रधानमन्त्री ओलीले महामारीको अवस्थालाई हेरी नागरिककै सहयोगमा थप कदमहरू पनि चाल्न सकिने पनि उल्लेख गरेका छन्।

कोरोना भाइरसको नियन्त्रणका लागि भन्दै चालिएको पछिल्लो कदमका कारण मुलुकमा लक डाउनको अवस्था आउने चिन्ता उत्पन्न भएको थियो । प्रधानमन्त्री ओलीले राष्ट्रका नाममा सम्बोधन गर्ने क्रममा नेपालमा ‘लक डाउन’ भन्ने शब्द त प्रयोग गरेनन् । यद्यपि उनको सम्बोधनले नेपालमा ‘सेमी लक’ डाउन हुन सम्भावना भने देखिएको हो ।

प्रकाशित मिति : ७ चैत्र २०७६, शुक्रबार  ८ : ३० बजे

बाजुरामा क्षयरोगबाट १८ जनाको मृत्यृ

बाजुरा- जिल्लामा पाँच वर्षको अवधिमा क्षयरोगका कारण १८ जनाको मृत्यु

सिराहाको गोलबजारबाट खैरो हिरोइनसहित दुई जना पक्राउ

सिरहा- सिरहाको गोलबजारबाट लागुऔषध खैरो हिरोइनसहित दुई जनालाई प्रहरीले पक्राउ

४२ प्रतिशत क्षयरोगका बिरामी अझै उपचार बाहिर

काठमाडौं – सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने र

पोखरामा ‘अपरेसन ३६५’: चार सय १४ मोटरसाइकल समातिए

कास्की– जिल्ला प्रहरी कार्यालय कास्कीले सञ्चालन गरेको ‘अपरेसन ३६५’ अन्तर्गत

चन्द्रनिगाहपुरमा नक्कली सुनसहित चारजना पक्राउ

रौतहट- प्रहरीले रौतहटको चन्द्रनिगाहपुरस्थित जगत रिसोर्ट होटलबाट नक्कली सुनसहित चारजनालाई