कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ३ सय नाघ्यो, २ लाख ७५ हजार संक्रमित « Khabarhub

कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ११ हजार ३ सय नाघ्यो, २ लाख ७५ हजार संक्रमित

युवाहरुमा पनि कोरोनाको जोखिम उस्तै - डब्लूएचओ


८ चैत्र २०७६, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ३ सय ८३ पुगेको छ ।

एकै दिन १३ सय ५२ जनाको मृत्यु भएपछि मृतकको संख्या ११ हजार ३ सय भन्दा बढी पुगेको हो । संक्रमित हुने मानिसको संख्या पनि बढ्दो छ ।

पछिल्लो २४ घण्टामा अरु ३० हजार २५६ जनामा कोरोनाको संक्रमण देखिएको छ । योसँगै संक्रमित हुनेहरुको संख्या २ लाख ७५ हजार १ सय ८९ पुगेको छ ।

चपेटामा इटाली

इटालीमा कोरोनाभाइरसको संक्रमणबाट २४ घण्टाभित्र ६ सय २७ जनाको मृत्यु भएको छ ।

यो संख्या बिहिबार मृत्यु भएका भन्दा २ सयले बढी हो । यसअघि बिहिबार ४ सय २७ जनाको मृत्यु भएको थियो ।

थप ६ सय २७ जनाको मृत्यु भएसँगै इटालीमा ज्यान गुमाउनेको संख्या ४ हजार ३२ पुगेको छ ।

संक्रमित हुनेको संख्या पनि अत्यासलाग्दो तवरले बढेको छ । बुधबारसम्म ३५ सयको हाराहारीमा नयाँ मानिसहरुमा संक्रमण देखिदै आएकोमा शुक्रबारसम्म करिव ६ हजार मानिसमा नयाँ संक्रमण देखिन थालेको छ ।

शुक्रबार ५ हजार ९ सय ८६ जनामा संक्रमित फेला परेका छन् । योसँगै इटालीमा मात्रै कोरोनाबाट संक्रमित हुने मानिसको संख्या ४७ हजार २१ पुगेको छ ।

उपचार गराइरहेका ३७ हजार ८ सय ३७ मध्ये २६ सय ५५ जनाको अवस्था गम्भीर छ ।

कोरोना संक्रमण रोक्न इटाली सोमबारदेखि ‘लक डाउन’ लागु गरेपनि मृतकको संख्या अस्वाभाविक तवरले बढिरहेको छ ।

यस्तै पछिल्लो २४ घण्टामा स्पेनमा २ सय ६२ जनाको मृत्यु भएको छ । त्यहाँ मृत्यु हुनेको संख्या १ हजार ९३ पुगेको छ ।

३४ सय ३३ जनामा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या २५ हजार १ सय १० पुगेको छ । त्यसमध्ये ९ सय ३९ जनाको अवस्था गम्भीर रहेको स्पेनका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् ।

यस्तै इरानमा १ सय ४९ जनाको मृत्यु भएपछि मृतकको संख्या १४ सय ३३ पुगेको छ । थप १२ सय ३७ जनामा कोरोनाको संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या १९ हजार ६ सय ४४ पुगेको छ ।

फ्रान्समा थप ७८ जनाको मृत्यु भएपछि मृतकको संख्या ४ सय ५० पुगेको छ भने १२ हजार ६१२ जना संक्रमित भएका छन् ।

अमेरिकामा कोरोनाबाट मृत्यु हुनेको संख्या २ सय ५६ पुगेको छ । पछिल्लो २४ घण्टामा थप ४९ जनाको मृत्यु भएपछि मृतकको संख्या बढेको हो । अमेरिकामा ५६ सय ४ जना नयाँ संक्रमित फेला परेपछि संक्रमण देखिनेको संख्या १९ हजार ४ सय पुगेको छ ।

कोरोना भाइरसको उद्भव मानिएको चीनमा थप ७ जनाको मृत्यु भएपछि मृतकको संख्या ३२ सय ५५ पुगेको छ । तुलानात्मक रुपमा चीनमा संक्रमण देखिने क्रम न्यून भएको छ ।

युवा पनि कोरोनाको संक्रमण उच्च

कोरोना भाइरसबाट मृत्यु हुनेको दर पनि बढेको छ । संक्रमितमध्ये ३ प्रतिशत हाराहारी मानिसको मृत्यु भइरहेकोमा अहिले ४ प्रतिशत नाघेको छ ।

युरोपमा कोरोनाको महामारी फैलिएसँगै मृत्यु हुने दर पनि बढेको छ । कोरोनाबाट बालवालिका, रोगी र अशक्तलाई बढी खतरा भनिरहँदा विश्व स्वास्थ्य संगठनले युवाहरु पनि उत्तिकै खतरा रहेको चेतावनी दिएको छ ।

युवाहरुको रोग प्रतिरोधक क्षमता कोरोना भाइरसबाट मुक्त नभएकाले धेरै हिँडडुल गर्ने र कमजोर एवं वृद्ध मानिसहरुको संगत कम गर्ने कुरामा ध्यान दिन डब्लुएचओले सुझाएको छ ।

विश्व स्वास्थ्य संगठनका महानिर्देशक डा. टेडरोज आध्यनोम गेब्रेयेसोसले जीवन र मरणको अवस्था स्वयं युवाहरुको व्यवहारमा भर पर्ने बताएका छन् ।

‘युवाहरुले चयन गरेका व्यवहारले कसैका लागि पनि जीवन र मरणबीचको अन्तर हुन सक्छ,’ उनले भने ।

कोरोना भाइरसको संक्रमण विश्वका अधिकांश मुलुकमा पुगिरहँदा युवाहरुले यसमा खासै चिन्ता नलागेको भन्ने  एउटा अध्ययन रिपोर्ट सार्वजनिक भएलगत्तै विश्व स्वास्थ्य संगठनले यस्तो चेतावनी दिएको हो ।

प्रकाशित मिति : ८ चैत्र २०७६, शनिबार  ७ : २० बजे

०१५ सालका मतदाता सुरेन्द्रबहादुर भन्छन्- राजनीति नै स्वार्थको साधन बनेपछि नयाँ पुरानाको भेद रहेन

नेपाली कांग्रेसले घरदैलो पुरानो बानेश्वर चोकबाट कार्यक्रम सुरु गर्‍यो ।

न्युजिल्याण्डमाथि इंग्ल्यान्डको रोमाञ्चक जित, रोचक बन्यो सेमिफाइनल समीकरण

काठमाडौं । आईसीसी पुरुष टी–२० विश्वकप अन्तर्गत सुपर–८ चरणको प्रतिस्पर्धा

रास्वपाले भन्यो : मोदीलाई लेखेको भनिएको पत्र पूर्णतः नक्कली र कपोलकल्पित हो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पार्टी सभापति रवि लामिछाने

भीडभाड गरेर फागु खेल्न नपाइने

गण्डकी – प्रतिनिधिसभा सदस्य चुनावको सम्मुखमा परेको फागु पर्व यसपालि

रास्वपाले मोदीलाई लेखेको भनिएको पत्र भाइरल, शिशिर खनाल भन्छन् – यो ‘फेक’ हो

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले फागुन २१ गतेको चुनावअघि