कोरोनाभाइरसबाट जोगिन घरमै सुरक्षित बसौं, आत्मबल नघटाऔंः एस्ट्रो राज « Khabarhub

कोरोनाभाइरसबाट जोगिन घरमै सुरक्षित बसौं, आत्मबल नघटाऔंः एस्ट्रो राज


१७ चैत्र २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- खबरहबमा दैनिक राशिफल लगायत ज्योतिष सम्बन्धी विविध विषयमा लेख्दै आएका नरेश सिंह ‘एस्ट्रो राज’ले हाल फेसबुक पेज एस्ट्रोलोजरराज मार्फत लाइभमा जोडिएर ज्योतिष सम्बन्धी परामर्श दिन थालेका छन् ।

नेपालमा कोरोना भाइरस (कोभिड-१९) को सम्भावित जोखिम रोक्न सरकाले ‘लकडाउन’ लागू गरेसँगै उनले घरबाटै फेसबुक लाइभमार्फत ज्योतिष सम्बन्धी सेवा तथा परमर्श दिन थालेका हुन् ।

उनले दैनिक बिहान ११ बजेदेखि मध्यान्ह १२ बजेसम्म फैसबुक लाइभमा आएर ज्योतिष सम्बन्धी परामर्श दिने गरेको बताए ।

‘कोरोनाभाइरस विरुद्धको लडाई जित्न सुरक्षा सतर्कतासँगै आत्मबल बलियो बनाऔं’, खबरहबसँग एस्ट्रो राजले भने, ‘कोरोनाको संक्रमणभन्दा पनि अहिले मानसिक रुपमा यसले मानिसलाई विचलित बनाउने अवस्था सिर्जना भएको छ तसर्थ उचित परामर्श लिनुहोस् ।’

उनले सबैलाई घरभित्रै बसेर सुरक्षित रहन समेत आग्रह गरेका छन् । सगरमाथा टेलिभिजनमा ‘जीवनमन्त्र’ कार्यक्रम समेत उनले संञ्चालन गर्दै आएका छन् ।

प्रकाशित मिति : १७ चैत्र २०७६, सोमबार  ९ : ३३ बजे

राष्ट्रपतिद्वारा ‘क्रिसमस डे’को शुभकामना

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले विविधताबीचको राष्ट्रिय एकतालाई थप मजबुत तथा

‘प्रचण्ड र रविको चुनावी तालमेल भन्ने समाचार झुटो हो’

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’को

डिसेम्बर २५ : विश्वभर क्रिसमसको रौनक (फोटो फिचर)

काठमाडौं – आज विश्वभरका क्रिस्चियनले क्रिसमस मनाउँदै छन्। क्रिश्चियन धर्मका

क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु

काठमाडौं – कोशी प्रदेशका प्रतिभाशाली क्रिकेटर मिनेश थापाको दुर्घटनामा मृत्यु