विप्लव समूहका नेताविरूद्ध ४ ओटा मुद्दामा अनुसन्धान « Khabarhub

विप्लव समूहका नेताविरूद्ध ४ ओटा मुद्दामा अनुसन्धान


१० चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font


काठमाडौं– नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाका स्थायी समिति सदस्य हेमन्तप्रकाश ओलीसहित पक्राउ परेका अन्य नेता–कार्यकर्तालाई प्रहरीले चार मुद्दामा अनुसन्धान शुरु गरेको जनाएको छ । महानगरीय प्रहरी परिसर ललितपुरका अनुसार, उनीहरुविरुद्ध संगठित अपराध, राज्यविरुद्धको अपराध, हातहतियार तथा खरखजाना र बम बिस्फोटको मुद्दामा अनुसन्धान शुरु गरिएको हो ।

महानगरीय प्रहरी परिसर ललितपुरले उनीहरुलाई आइतबार जिल्ला अदालत ललितपुरमा उपस्थित गराएको थियो । अदालतले सबैलाई ८ दिन हिरासतमा राखी अनुसन्धान गर्न आदेश दिएको छ ।

प्रहरीले मुद्दा चलाएकाहरूमा विप्लव नेतृत्वको नेकपा स्थायी समिति सदस्य ओली, केन्द्रीय सदस्य वसन्त श्रेष्ठ, रौतहट जिल्ला इञ्चार्ज शंकर अधिकारी, ललितपुर जिल्ला कमिटी सदस्य बुद्धबहादुर सिन्ताङ, साधारण सदस्य रामकृष्ण खतिवडा, देवराज घिमिरे, सन्दीप कार्की, लोकेन्द्र खड्का र सवारी चालक धर्मराज राजबाहक छन् ।

प्रहरीले काभ्रेको खानीखोला गाउँपालिका –४ बरुणबेसीबाट गत शनिबार, ९ जनालाई पक्राउ गरेको थियो । प्रहरीले उनीहरूमाथि कर्तव्य ज्यान मुद्दा पनि चलाउने तयारी गरेको बताएको छ । ओलीले नख्खु बिस्फोटको जिम्मा समेत लिएका कारण कर्तव्य ज्यान मुद्दा चल्ने प्रहरी स्रोतको भनाई छ । नख्खु बिस्फोटमा परी लमजुङका ४९ वर्षीय सिंहप्रसाद गुरुङको मृत्यु भएको थियो भने अन्य दुईजना घाइते भएका थिए ।

यस्तो छ कानूनी व्यवस्था

मुलुकी अपराध संहिता अनुसार राज्यविरुद्धको अपराधमा २५ वर्षसम्म सजाय हुने व्यवस्था छ । कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद (२५) वर्ष सजाय हुने व्यवस्था छ । यस्तै, बम बिस्फोटमा मुद्दामा ५ देखि १० वर्षसम्म सजाय हुने व्यवस्था छ । यस्तै, संगठित अपराधको मुद्दामा ३ देखि ५ वर्ष सजाय हुने व्यवस्था छ ।

संगठित अपराधमा मुद्दा चलाउँदा प्रहरीले ६० दिनसम्म अभियोगीलाई थुनामा राखेर अनुसन्धान गर्न सक्ने प्रावधान छ ।

प्रकाशित मिति : १० चैत्र २०७५, आइतबार  ६ : ५३ बजे

दक्षिण लेबनानमा आवागमन पुनः सुरु

बेरुत- इजरायली आक्रमणले तहसनहस बनाएको दक्षिण लेबनानमा युद्धविरामसँगै पुनःस्थापनाको काम

अभिव्यक्ति स्वतन्त्रताका नाममा गैरजिम्मेवार सामग्री सम्प्रेषण अक्षम्य : सञ्चारमन्त्री तिमिल्सिना

नुवाकोट– सञ्चार तथा सूचना प्रविधिमन्त्री डा. बिक्रम तिमिल्सिनाले अभिव्यक्ति स्वतन्त्रताको

मानव बेचबिखन र अपाङ्गतासम्बन्धी ऐन संशोधन विधेयक मस्यौदामा सुझाव आह्वान

काठमाडौं– महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले दुई ऐन संशोधनको

हाफ–म्याराथनमा रोबोटले तोड्यो मानव कीर्तिमान

बेइजिङ- चीनको तीव्र गतिमा अघि बढिरहेको प्रविधि विकासलाई झल्काउने घटनामा

उपसभापति भुसालको नेतृत्वमा कांग्रेसले गठन गरेको संविधान संशोधन सुझाव समितिलाई पूर्णता

काठमाडौं– नेपाली कांग्रेसले संविधान संशोधनका लागि सुझाव संकलन गर्न गठित