म पहिलो फिल्मबाट निकालिएको थिएँ: राजेश हमाल « Khabarhub

म पहिलो फिल्मबाट निकालिएको थिएँ: राजेश हमाल


५ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अभिनेता राजेश हमाल यतिबेला लकडाउनका समय उपयोग गरिरहेका छन् । फुर्सदमा भएका हमाल लैनचौरस्थित घरमा पत्नी मधु भट्टराईका साथ रमाइरहेका छन् ।

लकडाउनका बेला घरमा बस्दाका तस्वीर हमालले सामाजिक सञ्जालमार्फत शेयर गरिरहेका छन् । पछिल्ला केही वर्षयता फिल्मका अफर एकपछि अर्को गर्दै रिजेक्ट गरेका हमाल विज्ञापन र टेलिभिजनका कार्यक्रमलाई भने समय दिएका छन् ।

पहिलो फिल्म ‘युगदेखि युगसम्म’ लोकप्रिय भएपछि एकाएक चर्चामा आएका हमाल त्यसपछि यति व्यस्त भए कि, जुन मेकरले पनि हमाललाई नै फिल्ममा लिन खोज्थे । तर, पहिलो फिल्मबाट भने उनलाई निकालिएको थियो ।

‘मैले पहिलो फिल्म छोड्नुपरेको थियो, त्यो फिल्मको ५ प्रतिशत छायांकन भइसकेको थियो, उहाँले त्यतिबेला मैले अभिनय गर्न सक्दिनँ भनेर अनेक बहाना बनाउँदै छोड्न बाध्य पार्नुभयो,’ हमाल भन्छन्, ‘मलाई चलचित्र छोड्न बाध्य पार्ने चाहिँ निर्देशक र प्राविधिकहरु थिए ।’

पहिलो फिल्मबाट सफलता बेहोरेका हमाल ‘युगदेखि युगसम्म’ रिलिज भएपछि भने निकै व्यस्त भए । हमाल भन्छन्, ‘पहिलो गासमा ढुंगा हुँदाहुँदै पनि म हतोत्साही भइनँ, उहाँहरुको मूल्याङ्कनमा मलाई त्यस्तो देख्नुभयो तर म कमजोर छैन भन्ने लाग्थ्यो ।’

हमालले केही वर्षमै दैनिक १४ घण्टासम्म काम गर्ने गरी व्यस्त भएको बताउँछन् । पछि भने पहिलो फिल्म छोड्न बाध्य पार्ने टिमले नै अर्को चलचित्रमा आवद्ध गर्न हमालसँग प्रस्ताव ल्याएर आएको थियो । ‘शायद उहाँहरूले पहिलो फिल्म गर्दाका फुटेजहरू राम्रोसँग हेर्नुभएछ, अर्को फिल्मका लागि अफर गर्नुभयो,’ उनी भन्छन् ।

‘मैले पहिलो फिल्ममा काम गर्दा यति लामो फिल्मी यात्रा गर्छु भन्ने लागेको थिएन,’ हमाल भन्छन्, ‘पहिलो फिल्ममा काम गर्दा मलाई नेपाली फिल्म क्षेत्रमा के हुन्छ भन्ने नै थाहा थिएन, मेराअघि उदाहरण पनि थिएनन्, जम्मा एक दर्जन फिल्म बनेका थिए ।’

हमाल फिल्म ‘युगदेखि युगसम्म’ ले नेपाली फिल्म उद्योगमा सानोतिनो बदला नै ल्याएको दाबी गर्छन् । हमालको उदय भएपछि नेपालमा फिल्म निर्माणको क्रम पनि बाक्लिएको थियो ।

पछिल्लो समय भने हमाल आफ्नो समय आनन्दका साथ बिताइरहेका छन् । कुनै फिल्ममा पनि काम गर्ने मुडमा छैनन् । त्यसो त हमालले निर्देशन गर्ने भन्ने हल्ला पनि चल्छ । तर, केही समयपछि त्यो हल्ला सेलाइहाल्छ ।

प्रकाशित मिति : ५ बैशाख २०७७, शुक्रबार  ३ : ५५ बजे

ढोलझ्याम्टाको ताल र साकेला गीतले गुञ्जयमान गाउँबस्ती

खोटाङ – किरात समुदायको चाड ‘साकेला उँभौली’ यही वैशाख १८

सुकुम्बासी बस्ती खाली गराउँदा बालबालिकाको शिक्षामा असर नपार्न निजी विद्यालय संगठनहरूको आग्रह

काठमाडौं – उपत्यकासहित देशका विभिन्न नदी किनार तथा जोखिमयुक्त स्थानमा

आईपीएल : गुजरातलाई पञ्जाबले दियो १६५ रनको लक्ष्य

काठमाडाैं – इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत आइतबार भएको दोस्रो

‘पर्यटकीय महत्त्व बोकेका क्षेत्रलाई प्रदेश सरकारले प्राथमिकतामा राखेको छ’

कैलाली – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहले सुदूरपश्चिमका ऐतिहासिक, धार्मिक

हुम्लामा भरूवा बन्दुकसहित एक जना पक्राउ

हुम्ला – जिल्लाको खार्पुनाथ गाउँपालिका–४ बाट भरूवा बन्दुकसहित एक जना