‘यात्रा’ को ट्रेलरमा सलिनमानको एक्सन र रोमान्स « Khabarhub

‘यात्रा’ को ट्रेलरमा सलिनमानको एक्सन र रोमान्स


१२ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – चैत्र २९ गतेदेखि प्रदर्शन हुन लागेको फिल्म ‘यात्राः अ म्युजिकल भ्लग’ को ट्रेलर सार्वजनिक गरिएको छ । निर्माण टिमले काठमाडौंको दरबारमार्गस्थित क्युज सिनेमा हलमा एक कार्यक्रमको आयोजना गरी फिल्मको ट्रेलर सार्वजनिक ग–यो ।

ट्रेलरलाई ओएसआर डिजिटलको आधिकारिक युट्युब च्यानलमा पनि हेर्न सकिन्छ ।

फिल्मको ट्रेलरमा कमेडी एक्सन र एडभेन्चरलाई समेटिएको छ । फिल्मको ट्रेलर हेरेर दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन् । ट्रेलरमा डेब्यु अभिनेत्री मलिका महतलाई एक गायिकाका रुपमा देखाइएको छ । कथाका अनुसार उनी आँखा देख्दिनन् तर स्वरका माध्यमबाट सबैको ध्यान तान्छिन् ।

यस्तै फिल्ममा सलिनमान बनियाँलाई एक्सन अवतारमा समेत देखाइएको छ ।

सलिनमान र मलिकाका अतिरिक्त फिल्ममा सलोन बस्नेत, रियर राई, प्रेक्षा बज्राचार्य, जाहन्वी बस्नेत, विशाल कटुवाल, राजाराम पौडेल लगायतका कलाकारको मुख्य भूमिका रहेको यो फिल्मलाई सम्राट शाक्यले निर्देशन गरेका हुन् । नयाँ वर्षको मौका पारेर रिलिज हुन लागेको यो फिल्मले रिलिजपूर्व राम्रो हाइप बनाएको छ ।

फिल्ममा बनिष शाहको सम्पादन, सुशील पोखरेलको लगानी, निर्देशक शाक्यको कथा, स्किृप्ट र निर्देशन रहेको छ भने सञ्जय लामाको डीओपी छ ।

फिल्ममा सोलुखुम्बुका विभिन्न रमणीय ठाउँहरु पनि हेर्न पाइनेछ ।

प्रकाशित मिति : १२ चैत्र २०७५, मंगलबार  १० : १६ बजे

राहदानी विभागले थप आवेदन फारम खोल्ने

काठमाडौं – दक्षिण कोरियाको रोजगार अनुमति प्रणाली (इपिएस) अन्तर्गत आवेदन

सुनसरी घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

काठमाडौं – गृहमन्त्री सुधन गुरुङ सुनसरी घटनाका घाइतेलाई भेट्न आज

मधेशमा उच्च सुरक्षा सतर्कता, प्रहरीलाई बिदा नबस्न सर्कुलर

काठमाडौं – तराई–मधेशका विभिन्न जिल्लामा पछिल्ला दिनहरूमा शान्ति सुरक्षाको अवस्था

कांग्रेस नेता आङ्देम्बेद्वारा सद्भाव र धार्मिक सहिष्णुताका लागि अपिल

काठमाडौं – नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले देशको

राष्ट्रपतिले प्रधानमन्त्रीलाई भने : संयमतापूर्वक परिस्थिति साम्य पार्नुहोस्

काठमाडौं – राष्ट्रपति रामचन्द्र पौडेलले राजनीतिक दललगायत सबै पक्षलाई साथमा