नेकपा अध्यक्ष प्रचण्ड र नेता नेपालबीच भेटवार्ता « Khabarhub

नेकपा अध्यक्ष प्रचण्ड र नेता नेपालबीच भेटवार्ता


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता माधव कुमार नेपालबीच भेटवार्ता भएको छ ।

शुक्रवार साँझ नेता नेपालसँगको भेटवार्ताका लागि प्रचण्ड कोटेश्वर पुगेका थिए ।

दुई नेतबीच पार्टीमा देखिएको पछिल्लो विवादका बारेमा कुराकानी भएको जनाइएको छ ।

पछिल्लो समय अध्यक्ष प्रचण्ड र नेता नेपाल नेपाल लगायतको समूहले प्रधानमन्त्री समेत रहेका अर्का अध्यक्ष केपी ओली विरुद्ध मोर्चाबन्दी गरेका छन् ।

प्रधानमन्त्री ओलीले सरकार छाड्नुपर्ने भनाइ उनीहरुको रहेको छ । प्रधानमन्त्री ओलीले समेत कोरोना हटेपछि उपाध्यक्ष वामदेव गौतमलाई प्रधानमन्त्री र नेता नेपाललाई तेस्रो वरियताको अध्यक्ष बनाउने प्रस्ताव राखेका थिए ।

शनिवार(भोलि) नेकपाको सचिवालय बैठक बस्दैछ । उक्त बैठक अघि प्रचण्ड र नेता नेपालबीच भेटवार्ता भएको हो ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ६ : २६ बजे

सन् २०२५ : भारत–चीन प्रतिस्पर्धाले आकार लिएको विश्व रूपान्तरणको वर्ष

काठमाडौं–  आगामी साता सन् २०२५ विश्वबाट बिदा हुँदैछ । यो

उज्यालो नेपाल पार्टी कार्यालय उद्‌घाटन (तस्बिरहरू)

काठमाडौं– उज्यालो नेपाल पार्टीको कार्यालय औपचारिक रुपमा सञ्चालनमा आएको छ

बालेन शाहसँग भेटवार्तापछि बाहिरिए रास्वपा सभापति लामिछाने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर

निर्धारित मितिमै निर्वाचन हुन्छ : अर्थमन्त्री खनाल

सिरहा– अर्थमन्त्री डा रामेश्वर खनालले आगामी फागुन २१ गते हुने