लकडाउन उल्लंघन गर्ने १ हजार ५१९ जना नियन्त्रणमा | Khabarhub Khabarhub

लकडाउन उल्लंघन गर्ने १ हजार ५१९ जना नियन्त्रणमा


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  प्रहरीले काठमाडौं उपत्यकाको विभिन्‍न ठाउँबाट लकडाउन उल्लंघन गर्ने १ हजार ५१९ जनालाई नियन्त्रणमा लिएको छ।

यो आज दिनभरि नियन्त्रणमा लिइएकाहरूको तथ्यांक रहेको महानगरीय प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले जानकारी दिए ।

नियन्त्रणमा लिइएकामध्ये काठमाडौंबाट सबैभन्दा बढी १ हजार २४९, ललितपुरमा २४९ र भक्तपुरमा २१ जना छन्।

त्यस्तै ५१२ वटा दुई पाङ्ग्रे र ३८ वटा चारपाङ्ग्रे गरी ५५० वटा सवारीसाधनलाई नियन्त्रणमा लिइएको छ।

कोरोना भाइरस संक्रमणको जोखिम नियन्त्रणका लागि सरकारले लागू गरेको लकडाउनमा अटेर गरेर बाहिर निस्कने हरुलाई प्रहरीले नियन्त्रणमा लिने गरेको छ । कोरोनाको जोखिम रोक्न सवैलाई घरभित्रै सुरक्षित रहने समेत प्रहरीले अनुरोध गर्दै आएको छ ।

 

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ६ : ३४ बजे

ताप्लेजुङमा मनाइयो रेडपाण्डा दिवस

ताप्लेजुङ– विभिन्न कार्यक्रम आयोजना गर्दै अन्तर्राष्ट्रिय रेडपाण्डा दिवस मनाइएको छ

नवनियुक्त तीन मन्त्रीको सपथग्रहण आज हुँदै

काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले नियुक्त गरेका तीन मन्त्रीले आज पद

बक्सिङका पूर्व विश्व च्याम्पियनको ४६ वर्षको उमेरमा निधन

लन्डन – बक्सिङ खेलका पूर्व विश्व विजेता रिकी ह्याटनको निधन

क्षतिको पारदर्शी मुचुल्का तयार पार्न अनुरोध

पर्सा– जिल्ला प्रशासन कार्यालय पर्साले जेन-जी आन्दोलनका क्रममा सरकारी कार्यालयमा

इतिहास बोकेर फेरि उभिनेछ सिंहदरबार

काठमाडौं–  ऐतिहासिक सिंहदरबार जेन–जी प्रदर्शनको क्रममा भएको आगजनीले खण्डहर बनेको