हुम्लाका दुई विद्यालयमा नियमित पठनपाठन | Khabarhub Khabarhub

हुम्लाका दुई विद्यालयमा नियमित पठनपाठन


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हुम्ला- हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाका दुई विद्यालयमा बन्दाबन्दीका बेला पनि नियमित पठनपाठन भइरहेको छ ।

हिमालपारीको नामले चिनीने उत्तरी नाम्खा गाउँपालिका–६ लिमीको हल्जी र जाङ गाउँका दुई विद्यालयमा अहिले पनि नियमित पठनपाठन भइरहेको छ ।

सुनखानी प्राथमिक विद्यालयका शिक्षक छिरिङ मेन्डाक तामाङले नयाँ शैक्षित्रसत्र शुरु भएको गत फागुनदेखि नै कक्षा सञ्चालन भइरहेकाले अहिले नेपाल सरकारले लकडाउन गरेको समयमा पनि विद्यालयमा पढाइ चलिरहेको बताए ।

सुनखानी प्राथमिक विद्यालयमा नेपाली पाठ्यपुस्तकसहित तिब्बतियन भाषा र ज्ञानका कुरा पनि पढाइ हुने गरेको छ । यो विद्यालयमा हाल ४५ विद्यार्थीले नियमित पठनपाठन गर्दै आएका छन् ।

जाङ र हल्जी गाउँमा अझैसम्म बाक्लो हिउँ भएकाले बाहिरका शिक्षक उपस्थित हुन नसक्दा स्थानीय शिक्षकले पठनपाठन गराइरहेका विद्यालयका प्रधानध्यापक कर्णजीत बुढाले जानकारी दिए ।

यस्तै वडा ६ मा पर्ने जाङ गाउँमा रहेको भृकुटी प्राविमा पनि पठनपाठन चलिरहेको छ । सरकारी दरबन्दीका शिक्षक विद्यालयमा नपुगे पनि स्थानीय करार शिक्षकले पठनपाठन गराइरहेका छन् । लिमी जाने दुई नाका नारा र न्यालु हिमपातले बन्द हुँदा शिक्षक जान सक्ने अवस्था छैन ।

यी विद्यालयमा अभिभावकको सहयोगमा बिहानको खाना र दिउँसोको खाजा विद्यालय मै व्यवस्था गरिएको छ । गाउँका सबैले पालैपालो विद्यार्थी तथा शिक्षकलाई खाना तथा खाजा पकाएर खुवाउने व्यवस्था गरिएको छ ।

वडा नं ६ का अध्यक्ष पाल्जोर तामाङका अनुसार लिमी उपत्यकाको भित्री क्षेत्रमा बन्दाबन्दीको कुनै प्रभाव नरहेको र अन्यत्रका मानिस कोही पनि आउन नपाउने स्थानीयको नियमले गर्दा पठनपाठन भइरहेको छ ।

शिक्षा विकास तथा समन्वय एकाइ प्रमुख विष्णुबहादुर शाहीले विद्यालय सञ्चालनबारे कुनै जानकारी नभएको बताए। सदरमुकाम सिमकोटबाट चार दिन पैदल हिँडेपछि लिमी पुग्न सकिन्छ ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ८ : ३८ बजे

कोशीमा नयाँ सरकार गठनको आह्वान

काठमाडौं – कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले नयाँ सरकार

सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माण गर्न सरकारले अनुदान दिने

ललितपुर – अबदेखि सबैखाले विपद्बाट क्षति भएका घरको पुनःनिर्माणका लागि

महाकाली नदीको टापुमा ट्र्याक्टरसहित थुनिए मजदुर

कञ्चनपुर – कञ्चनपुरको महाकाली नदीमा नदीको बहाव बढेपछि नदीजन्य पदार्थ

राति मेघगर्जन, चट्याङ्ग र हावाहुरी सहित वर्षाको सम्भावना

काठमाडौं – हाल नेपालमा पश्चिमी वायु, स्थानीय वायु साथै भारतको

लेखन कुञ्जद्वारा समाजसेवी महिलालाई सम्मान

काठमाडौं- मातातीर्थ औँसी २०८१ का अवसरमा लेखन कुञ्जले समाजसेवी महिलालाई