राहतमा भएको अनियमितता छानबिन गर्न समिति गठन | Khabarhub Khabarhub

राहतमा भएको अनियमितता छानबिन गर्न समिति गठन


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पर्सा- वीरगन्ज महानगरपालिका वडा नम्बर १४ मा वितरण गरिएको राहतमा ब्यापक गुनासो आउन थालेपछि महानगरपालिकाका प्रमुख विजयकुमार सरावगीले सोको छानबिन गर्न तीन सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेका छन् ।

महानगर प्रमुखले सामाजिक विकास महाशाखा प्रमुख अधिकृत अरुणकुमार महतोको नेतृत्वमा तीन सदस्यीय उच्चस्तरीय छानबिन समिति गठन गरेको छ ।

चार दिनभित्र प्रतिवेदन बुझाउनुपर्ने उक्त तीन सदस्यीय समितिमा लेखापरीक्षक हरिशङ्करप्रसाद कुर्मी र योजना महाशाखाका सुमन श्रेष्ठ रहेका छन् ।

उक्त समितिले महानगरले पठाएको ब्राण्डबाहेकको अन्य ब्राण्डको बोरामा समस्या देखिएको विषयमा पनि छानबिन समितिले सत्य तथ्य बाहिर ल्याउने नगरप्रमुख सरावगीले बताए ।

अन्य कुनै वडामा राहत लगेको तर ती राहत नबाँडेर बेचेको, खाएको, हिनामिना गरेकोजस्ता गुनासा आएकाले यस्ता सबै गतिविधिलाई समेत छानबिनको दायरामा ल्याइने उनको भनाइ छ ।

वडा नं १४ मा महानगरपालिकाले राहत बाँड्न पठाएको चामल गुणस्तरहीन भेटिएको गुनासो आएपछि जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी ललित बस्नेतसहितको टोलीले गोदाममा छापा मारेको थियो ।

सो टोलीले गोदाममा भण्डारण गरी राखिएको चामलको नमूना सङ्कलन गरी परीक्षणका लागि जनकपुरस्थित खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयको प्रयोगशालमा पठाएको छ । गोदाममा रहेको चामलमध्ये केही बोराबाट नमूना सङ्कलन गरी परीक्षणका लागि जनकपुर पठाइएको सहायक प्रजिअ बस्नेतले बताए ।

वडा नम्बर १४ मा राहत बाँड्न पठाएको ९७५ केजी चामलमध्ये केही बोराको चामल गुणस्तरहीन रहेको र केही बोरामा अङ्कित तौलभन्दा कम तौल चामल भेटिएपछि वडाध्यक्ष भरतप्रसाद कुर्मीले राहत वितरण रोकेका थिए ।

राहत वितरणका लागि चामलको बोरा खोलेर झोलामा प्याकिङ गर्ने क्रममा न्यू बोलबम राइस मिल र सुरज खाद्य स्टोरबाट महानगरपालिकाले खरिद गरेको ९५० किलो चामलमध्ये केही बोराभित्रको चामल डल्लो परेको भेटिएकाले विवाद उत्पन्न भएको थियो ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ९ : २५ बजे

हिमानी र हृदयेन्द्रद्वारा जुम्लामा सिँचाइ पोखरीको उद्घाटन

जुम्ला – जुम्लामा पूर्व युवराज्ञी हिमानी शाह र पूर्व नवयुवराज

तनहुँमा चितुवाको आक्रमणबाट बालकको मृत्यु

पोखरा – तनहुँको बन्दिपुर गाउँपालिका–२ कुवादीमा चितुवाको आक्रमणबाट एक बालकको

नेपालको आर्थिक विकासबारे छलफल आवश्यक छ : देउवा

ललितपुर – नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सबैको

लगानी सहजीकरण र औपचारिक अर्थतन्त्र विस्तारमा उल्लेख्य सुधार : अध्यक्ष ढकाल

काठमाडौं – नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले लगानी

कोशी प्रदेशले विपद् जोखिम न्यूनीकरणका लागि विपद् बिमा र बस्ती स्थानान्तरण गर्ने

मोरङ – कोशी प्रदेश सरकारले विपद्को क्षति न्यूनीकरणका लागि विपद्