छिन्छुमा बस्दै आएका ४६ राउटे परिवारलाई राहत « Khabarhub

छिन्छुमा बस्दै आएका ४६ राउटे परिवारलाई राहत


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- भेरीगङ्गा नगरपालिकाको छिन्चु खोलामा बस्दै आएका राउटे समुदायलाई राहत वितरण गरिएको छ ।

लामो बन्दाबन्दी (लकडाउन) ले खाद्यान्न अभाव भएपछि लेकबेँसी नगरपालिकाको आर्थिक सहयोग र राउटे लोपोन्मुख सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठानको समन्वयमा ४६ राउटे परिवारलाई राहत वितरण गरिएको हो ।

प्रतिघर ३० किलो चामल, पाँच लिटर तेल र १५० वटा माक्स वितरण गरिएको राउटे लोपोन्मुख सीमान्तकृत वर्ग उत्थान प्रतिष्ठान कर्णाली प्रदेशकी अध्यक्ष कृष्णादेवी ओलीले जानकारी दिए । राहत पाएपछि राउटे समुदाय खुशी भएका छन् । लकडाउनले गर्दा उनीहरूले बनाएका काठका सामग्री घरमै थन्किएपछि खाद्यान्न अभाव भएको थियो ।

लकडाउनका कारण आफूले बनाएका काठका सामग्री बिक्री हुन छाडेपछि राउटेले समुदाय चिन्तित बनेका थिए । लकडाउनका कारण आफूहरुले बनाएका सामग्री बिक्न छोडेको राउटे युवा सूर्यनारायण शाहीले बताए । काठबाट बनाइएका कोसी, मधुश, आरी र खाट लगायतका सामग्री विभिन्न गाउँ तथा बजारमा पुगेर अन्नसँग साट्न नपाएपछि समस्या भएको शाहीको भनाइ थियो ।

जङ्गली जनावरको शिकार गर्ने, जङ्गलमा पाइने काठबाट बनाइएका सामग्री बेचेरै जीविका चलाउनु उनीहरुको मुख्य पेशा हो । आफूलाई जङ्गलका राजा भनेर चिनाउने उनीहरुलाई अहिले दैलेख गुराँस गाउँपालिका र विभिन्न सङ्घसंस्थाले राहत दिने गरेका छन् ।

राउटे समुदायलाई गुराँस गाउँपालिकाले अस्थायी परिचयपत्र दिई गाउँपालिकाको नागरिकका रुपमा सेवा सुविधा दिँदै आएकोे छ ।

उनीहरुलाई गाउँपालिकाबाट भत्ता र स्वास्थ्य शिक्षामा काम गरिरहेको गाउँपालिकाका अध्यक्ष खेमराज वलीले बताए । अध्यक्ष वलीले कोरोना भाइरसबाट बच्नका लागि उनीहरुको स्वास्थ्य परीक्षण र खाद्यान्नसमेत वितरण गर्दै आएको जानकारी दिए ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  ९ : ४४ बजे

सञ्चारमन्त्री खरेलले आज शीर्ष नेतासँग भेटवार्ता गर्ने : ११ बजे ओली भेट्न गुन्डु पुग्ने

काठमाडौं – सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता जगदीश

अमेरिकाले नाइजेरियामा आईएसविरुद्ध ‘घातक हमला’ गरेको ट्रम्पको दाबी

काठमाडौं– अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उत्तर–पश्चिमी नाइजेरियामा सक्रिय चरमपन्थी संगठन

विचारमा स्पष्टता नै माओ दिवसको सार्थक अर्थ हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिस्ट पार्टी( नेकपा) संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले

विद्युतीय प्रसारण लाइनको तार मुनीको जग्गाको कित्ताकाट गर्न पाइने

काठमाडौं – सरकारले विद्युतीय प्रसारण लाइनको तार मुनी पर्ने जग्गाको

ज्येष्ठ नागरिक समाजका अमूल्य धरोहर : मुख्यमन्त्री आचार्य

लुम्बिनी– लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ज्येष्ठ नागरिक समाजका अमूल्य