रानुदेवीको साहस सबैका लागि प्रेरणादायी : सभापति देउवा « Khabarhub

रानुदेवीको साहस सबैका लागि प्रेरणादायी : सभापति देउवा


१९ बैशाख २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाली कांग्रेसले रेडियो नेपालकी प्रथम गायिका एवं प्रजातन्त्र सेनानी रानुदेवी अधिकारीको निधनमा शोक व्यक्त गरेको छ ।

अधिकारीको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गर्दै भनेका छन्- ‘निरंकुशता विरुद्ध भएको प्रजातान्त्रिक आन्दोलनको कठिन समयमा प्रजातन्त्र रेडियोमा गीत गाएर रानुदेवी अधिकारीले जुन साहस देखाउनु भयो त्यो हामी सबैका लागि प्रेरणादायी छ ।’

सभापति देउवाले  उनको निधनप्रति गहिरो दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् । उनले शोक सन्तप्त परिवारजनमा व्यक्तिगत र पार्टीको तर्फबाट हार्दिक समवेदना प्रकट गरेका छन् ।

२००७ साल अघि क्रान्तिका बेला तारिणीप्रसाद कोइरालाको नेतृत्वमा विराटनगरको जुट मिलमा स्थापना गरिएको प्रजातन्त्र रेडियोमा उनले गीत गाएकी थिइन ।

रेडियो नेपालकी प्रथम गायिका समेत रहेको स्मरण गर्दै काँग्रेसले स्वर्गीय अधिकारीले नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेको पनि उल्लेख गरेको छ ।

यसैबीच उनको निधनले विराटनगरवासी दुखित भएका छन् । उन गए राति काठमाडौँ सिनामङ्गलस्थित मेडिकल कलेजमा निधन भएको थियो ।

सन् १९३६ नोभेम्बर २७ तारिखमा वीरगञ्जमा जन्मिएकी अधिकारीको बाल्यकाल भारतमा बितेको थियो । उनले विसं २००७ मा कृष्णप्रसाद कोइरालाका छोरा तारिणिप्रसादले विराटनगरस्थित रघुपति जुट मिलमा स्थापना गरेको प्रजातन्त्र रेडियोमा पहिलो गीत गाउने र समाचार वाचन गर्ने काम गरेकी थिइन ।

शास्त्रीय संगीतमा विशेष लगाव राख्ने अधिकारीका नेपाली अघि बढ, हातमा क्रान्ति झण्डा लिई, जागे नेपाली उठे नेपाली, जुनेली रात हजुर लगायत गीत चर्चित छन् ।

उनका ६ गीत प्रजातन्त्र रेडियोमा रेकर्ड भएको बताइएको छ । ती गीतले जहानियाँ राणा शासनविरुद्ध सङ्घर्षरत प्रजातान्त्रिक योद्धालाई आन्दोलनमा रहन उत्साह भरेको थियो ।

निरङ्कुशताविरुद्धको प्रजातान्त्रिक आन्दोलनमा उनले कला र साङ्गीतिक मोर्चामा रहेर काम गरेको विराटनगरका साहित्यकार दधिराज सुवेदी बताए ।

अधिकारीको जीवनीमा आधारित ‘मेरो कथा’ नामक पुस्तक पत्रकार शङ्कर खरेलले प्रकाशन गरेसँगै उनको थप चर्चा चुलिएको थियो ।

जनआन्दोलनपछि केही समयका लागि नेपाल महिला संघ मोरङकी अध्यक्षसमेत बनेकी अधिकारी २०३६ सालको शिक्षक आन्दोलनका क्रममा जेल समेत परेकी थिइन ।

प्रकाशित मिति : १९ बैशाख २०७७, शुक्रबार  १० : १८ बजे

उपचार र राहतमा सहमतिपछि स्कुल बस दुर्घटनाका मृतकको अन्त्येष्टि

कास्की – पोखरा महानगरपालिका–२८ कालिकास्थित ओख्लेको भिरमा शुक्रबार बिहान स्कुल

सहमहामन्त्री खुलातर्फ ५८४ मत गन्दा कसले कति ल्याए ?

काठमाडौं । नेपाली कांग्रेसको सहमहामन्त्री पदका निम्ति मतगणना जारी छ

क्षतिग्रस्त भौतिक पूर्वाधार पुनः सञ्चालनमा ल्याइने प्रधानमन्त्रीको भनाइ

काठमाडौं – गोरखाको चुमनुव्री गाउँपालिकास्थित बूढीगण्डकी नदीमा लेदोसहितको बाढी आउँदा

चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध

वीरगञ्ज – जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको समयमा हुन सक्ने

५ हजार ५ सय मत गणना हुँदा कसले कति मत ल्याए ? (सूचीसहित)

काठमाडाैं – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत जारी मतगणनामा उपसभापतिमा चन्द्रकान्त