काठमाडौं- सत्तारुढ दल नेकपाको स्थायी समिति बैठक बस्ने भएको छ ।
शनिवार साँझ बसेको सचिवालय बैठकले आगामी वैशाख २५ गते ११ बजे काठमाडौंमा स्थायी समितिको बैठक बोलाउने निर्णय गरेको हो ।
त्यसको तयारीका लागि २४ गते सचिवालय बैठक बस्ने प्रवक्ता नारायणकाजी श्रेष्ठले बताए । यसअघि नेकपाका २० स्थायी समिति सदस्यहरुले अध्यक्षद्वयलाई पत्र लेख्दै स्थायी समिति बैठक बोलाउन माग गरेका थिए ।
प्रतिक्रिया