थप १३ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या १३४ पुग्यो « Khabarhub

थप १३ जनामा कोरोना संक्रमण पुष्टि, नेपालमा संक्रमितको संख्या १३४ पुग्यो


२९ बैशाख २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  नेपालमा थप १३ जनामा कोरोना भाइरस (कोभिड १९)को संक्रमण पुष्टि भएको छ ।

राष्ट्रिय प्रयोगशालामा गरिएको परीक्षणका क्रममा १३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । थप १३ जनामा कोरोना संक्रमण देखिएसँगै नेपालमा संक्रमितको संख्या १ सय ३४ पुगेको हो ।

सोमबार मात्रै नेपालमा २४ जना कोरोना संक्रमित थपिएका छन् । यसअघि सोमबार नै कपिलवस्तुका १० र सप्तरीका १ जना गरी ११ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

सोमबार साँझ प्राप्त भएको रिपोर्टअनुसार कपिलवस्तुकै थप ६ जनामा कोरोना संक्रमण देखिएको हो । यससँगै कपिलवस्तुमा मात्र कोरोना भाइरसको संक्रमण देखिने व्यक्तिको संख्या २१ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह–प्रवक्ता डा समिरकुमार अधिकारीका अनुसार सोमबार साँझ कोरोना संक्रमण पुष्टि भएकामा कपिलवस्तुका ६, रुपन्देहीका ६ तथा बर्दियाका १ जना छन् ।

कपिलवस्तुको यशोधरा गाउँपालिका–८ र बुद्धभूमि गाउँपालिका–७ घर भएका १५, १९, २३, ३०, ३२ र ३८ वर्षीय पुरुषहरु छन् ।

यस्तै, रुपन्देहीको समरीमाई गाउँपालिका–७ र लुम्बिनी साँस्कृतिक गाउँपालिका–६ घर भएका २४, २६, २७, ३०, ३२ र ४० वर्षीय पुरुषहरु छन् । बर्दियाको राजापुर–५ घर भएकी ११ वर्षीया बालिकामा पनि कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रकाशित मिति : २९ बैशाख २०७७, सोमबार  ७ : २७ बजे

लघुवित्त तथा मिटरब्याजपीडित आन्दोलित (तस्बिरहरू)

 काठमाडौं– लघुवित्त तथा मिटरब्याज पीडितले आजदेखि काठमाडौं केन्द्रित आन्दोलन थालेका

साइकल चढ्नेहरू दिनप्रतिदिन घट्दै

कञ्चनपुर– कुनै समय कञ्चनपुरलगायत तराई क्षेत्रको जनजीवनको अभिन्न अङ्ग मानिने

च्यातिएको गञ्जी बोकेर प्रदर्शन गर्दै जेन-जी (तस्बिरहरू)

काठमाडौं- जेन-जी नेता मिराज ढुंगााको नेतृत्वको समूहले काठमाडौंको माइतीघरमा आन्दोलन

कोशी प्रदेश सरकारको मन्त्रिमण्डल चाडै नै पुनर्गठन गर्छौँ : शेरधन राई

काठमाडौं– नेकपा एमालेका सचिव एवम् कोशी प्रदेश इन्चार्ज शेरधन राईले