जनजीवन सहज बनाइएसँगै दक्षिण कोरियामा बढ्यो कोरोना भाइरसको संक्रमण « Khabarhub

जनजीवन सहज बनाइएसँगै दक्षिण कोरियामा बढ्यो कोरोना भाइरसको संक्रमण


३० बैशाख २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमण कम हुँदै गएपछि जनजीवन केही सहज बनाइएको दक्षिण कोरियामा फेरि संक्रमितको संख्या बढ्न थालेको छ ।

संक्रमित घट्दै गएपछि रात्रिकालीन सेवाहरू सञ्चालन गर्न केही खुकुलो बनाइएकोमा तिनै क्षेत्रबाट नयाँ संक्रमित बढेका छन् ।

पछिल्लो दुई दिनमा कोरियामा २ जनाको मृत्यु भएको छ भने ६२ जना नयाँ संक्रमित थपिएका छन् ।

अधिकांश संक्रमित दक्षिण कोरियाको राजधानी सियोलका छन् । रात्रिकालीन सेवा दिने विभिन्न होटल, रेष्टुरा तथा क्लबका आगन्तुकले गलत सम्पर्क नम्बर र ठेगाना टिपाउँदा सम्भावित संक्रमितको खोजीमा समेत अप्ठ्यारो भएको भएको छ ।

संक्रमितको संख्या बढेपछि यसैसाता देखि विद्यालय सञ्चालन गर्ने तयारी गरेको कोरियाले तत्कालै विद्यालय सञ्चालन नगर्ने निर्णयमा पुगेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले जनाएका छन् ।

दक्षिण कोरियामा १० हजार ९३६ जना कोरोना भाइरसबाट संक्रमित भएकोमा ९ हजार ६७० जना निको भएका छन् । १ हजार ८ जनाको उपचार भइरहेको छ भने २५८ जनाको मृत्यु भएको छ ।

प्रकाशित मिति : ३० बैशाख २०७७, मंगलबार  १ : ०४ बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि