डा. भट्टराईले सार्वजनिक गरे कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रका ऐतिहासिक नक्सा | Khabarhub Khabarhub

डा. भट्टराईले सार्वजनिक गरे कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रका ऐतिहासिक नक्सा


३१ बैशाख २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाज पार्टी (जसपा) नेपालका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रका ऐतिहासिक नक्सा सार्वजनिक गरेका छन् ।

भारतले लिपुलेकमा नेपाली भूमि मिचेको भनि सडकदेखि सदनसम्म विरोध भइरहेका बेला डा. भट्टराईले सामाजिक सञ्जालमा केही ऐतिहासिक नक्सा र तस्वीर सार्वजनिक गरेका हुन् ।

उनले फेसबुकमा लेखेका छन्- नक्सा आफैं बोल्छ ! कालापानी, लिपुलेक र लिम्पियाधुरा क्षेत्रका केही ऐतिहासिक नक्सा र फोटो !

उनले सन् १९०३ मा चीनले बनाएको नक्सामा नेपालको सीमाना, अहिले विवाद झिकिएको कालापानी,लिपुलेक,लिम्पियाधुरा क्षेत्र लगायतका क्याप्सन लेख्दै तस्वीर तथा नक्सा सार्वजनिक गरेका हुन्  ।

उनले आजै प्रधानमन्त्री केपी शर्मा ओलीलाई लिपुलेकबारे विभिन्न ६ बुँदे सुझाव दिएका थिए । जुन निम्न छन्-

१.दलीय हैन राष्ट्रिय अवधारणा/सहमति बनाउने
२. तथ्यप्रमाण बलियो बनाउने
३. उच्चतहमा राजनीतिक सम्बाद/कुटनीतिक पहल गर्ने
४. नेपाल-भारत-चीन बीच सहमति गरेर त्रिपक्षीय सीमाविन्दू तय गर्ने
५. ICJ को तयारी गर्ने
६. देशको सामरिक महत्व गुम्न नदिने।

उनले सार्वजनिक गरेका तस्वीरमा यस्तो लेखिएको छ-

१. सन् १८४६ मा अंग्रेजहरूले बनाएको नेपालको नक्सा

२. सन् १९०३ मा चीनले बनाएको नक्सामा नेपालको सीमाना,

३. अहिले विवाद झिकिएको कालापानी, लिपुलेक, लिम्पियाधुरा क्षेत्र

४. कालापानी क्षेत्रमा भारतीय सेना

प्रकाशित मिति : ३१ बैशाख २०७७, बुधबार  १० : २२ बजे

मधेशकेन्द्रित दलको एकता प्रयास : पुग्ला त भ्यागुताको धार्नी ?

काठमाडौँ – नेपालको राजनीतिमा साना दलहरू बेलाबखत एकताको प्रयास गर्दै

रूसको कारखानामा भीषण आगलागी, ४ जनाको मृत्यु

मस्को – रूसको पश्चिमी क्षेत्र र्याजानस्थित एक कारखानामा शुक्रबार बिहान

‘झरी पछिको इन्द्रेणी’ को अस्ट्रेलिया राइट्स बिक्री

काठमाडौं– प्रदर्शन अगाडि नै चर्चामा रहेको चलचित्र  ‘झरी पछिको इन्द्रेणी’

जसपा नेपालले देशव्यापी आईटी सेल निर्माण गर्दै

काठमाडौं– जनता समाजवादी पार्टी नेपालले देशव्यापी प्रत्येक जिल्लामा आईटी सेल