२५ वर्षे युवाले कोरोना जिते, नेपालमा ३६ जना निको भए | Khabarhub Khabarhub

२५ वर्षे युवाले कोरोना जिते, नेपालमा ३६ जना निको भए


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कोशी अस्पतालमा उपचारत २५ वर्षीया एक युवा कोरोना जितेर घर फर्किएका छन् ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाका अनुसार कोशी अस्पतालबाट उपचारत उदयपुरमा २५ वर्षीया युवा निको भएर घर फर्किएका हुन् ।
डा देवकोटाका अनुसार अस्पतालबाट २७ औं दिनमा उनी डिस्चार्ज भएका छन् । ती युवा डिस्चार्ज भएसँगै नेपालमा कुल संक्रमितमध्ये निको हुनेको संख्या ३६ पुगेको छ ।

प्रवक्ता डा देवकोटाका अनुसार आज मात्र थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २ सय ५८ पुगेको छ ।

प्रवक्ता डाक्टर देवकोटाका अनुसार हालसम्म पीसीआर विधिबाट २३ हजार ९ सय १४ रहेको छ । गत २४ घण्टामा १ हजार २ सय ५० वटा नमूना परीक्षण भएको छ ।

यस्तै आरडीटी विधिबाट हालसम्म ६३ हजार ८५ वटा नमूना परीक्षण भएको छ भने गत २४ घण्टामा ७ सय ८ वटा नमूना परीक्षण गरिएको छ ।

प्रवक्ता डा देवकोटाका अनुसार देशभर १५ हजार ६ सय ८३ जना क्वारेन्टाइमा छन् ।

यस्तै देशभरका अस्पतालमा आइसोलेसमा २ सय ६७ जना छन् ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ३ : ३५ बजे

आज बेलुकी पाँच बजेसम्म निषेधाज्ञा, त्यसपछि रातभर कर्फ्यू

काठमाडौँ – देशको सुरक्षा कमाण्ड सम्हालेको नेपाली सेनाले आज (बुधबार)

सेनाले थप्यो बिहीबार बिहान ६ बजेसम्म कर्फ्यू

काठमाडौं – नेपाली सेनाले कर्फ्यूको अवधि बढाएको छ । बुधबार

दुई दिन शेयर कारोबार नहुने

काठमाडौं – बुधबार र बिहीबार पुँजी बजारमा शेयर कारोबार नहुने

संसद् भवनभित्र मृतक भेटिए भनेर भ्रम नफैलाउन प्रहरीको आग्रह

काठमाडौं – नेपाल प्रहरीले संसद् भवनभित्र ३२ जना मृतक भेटिएर

कडा सुरक्षा चेकजाँचमा सेना, हिँडडुल गर्न पाइन्छ ?

काठमाडौँ – मङ्गलबार बेलुकी १० बजेदेखि देशको सुरक्षा कमाण्ड सम्हालेको