शुक्रबार कोरोना संक्रमण पुष्टि भएका दाङका व्यक्ति टिचिङ अस्पतालका कर्मचारी « Khabarhub

शुक्रबार कोरोना संक्रमण पुष्टि भएका दाङका व्यक्ति टिचिङ अस्पतालका कर्मचारी


२ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-शुक्रबार साँझ कोरोना संक्रमण पुष्टि भएका एक पुरुष त्रिवि शिक्षण अस्पताल(टिचिङ)का  कर्मचारी भएको पाइएको छ ।

त्रिवि शिक्षण अस्पतालका एक चिकित्सकका अनुसार दाङका ३४ वर्षीया पुरुष टिचिङ अस्पतालको कर्मचारी हुन् । उनी टिचिङ अस्पतालको प्रशासन तर्फका कर्मचारी भएको खुलेको हो ।

ती कर्मचारी दाङबाट काठमाडौं आएर १९ दिन होम क्वारेन्टाइम बसेका थिए । काठमाडौं बाहिरबाट आएकाले जागिरमा जानुअघि कोरोना परीक्षण गर्दा उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

यस्तै त्रिवि शिक्षण अस्पतालमा भर्ना भएकी एक बालिकामा कोरोना संक्रमण पुष्टि भएपछि त्यहा कार्यरत केही चिकित्सकहरुलाई पनि क्वारेन्टाइनमा राखिएको छ । बालिकामा संक्रमण पुष्टि भएपछि करिव ७८ जनाको पनि थ्रोड स्वाब संकलन गरी राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा पठाइएको छ । उनीहरुको रिपोर्ट भने आइसकेको छैन ।

प्रकाशित मिति : २ जेठ २०७७, शुक्रबार  ११ : ३६ बजे

चिसोबाट प्रभावितहरूलाई सहयोग गर्न संयोजक प्रचण्डको आग्रह 

काठमाडौं–  नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मौसममा आएको

प्रदीप पौडेलले महामन्त्रीमा उम्मेदवारी दिने

काठमाडौं– नेपाली कांग्रेस नेता एवं पूर्वमन्त्री प्रदीप पौडेलले पार्टीको १५औँ

धरानबाट करिब १ सय ८० किलो गाँजा बरामद

सुनसरी– धरान उपमहानगरपालिका-६ पानबारी चोकटीबाट बेवारिसे अवस्थामा रहेको गाँजा करिब १ सय

२५ वर्षपछि सुन्धाराको निकास खुल्यो, प्राचीन स्वरूपमा पुनरुत्थान गर्ने वडाको योजना

काठमाडौं– पाशुपत क्षेत्रअन्तर्गत जयबागेश्वरी मन्दिरसँगै रहेको ऐतिहासिक सुन्धाराको बन्द पानी