ब्याट्मिन्टनको उपाधि दिपेश र रशिलाले जिते « Khabarhub

ब्याट्मिन्टनको उपाधि दिपेश र रशिलाले जिते


१५ चैत्र २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– एपीएफका दिपेश धामी र सेनाकी रशिला महर्जनले १५ औं राष्ट्रब्यापी कृष्ण मोहन स्मृति खुल्ला ब्याडमिन्टन प्रतियोगिताको उपाधि हात पारेका छन् ।

पुरुष एकलमा आयोजकका दिपेशले सिल्क ग्रुपका प्रिन्स दाहलालाई २१—१२, १८—२१, २१—१४ ले पराजित गर्दै उपाधि हात पारेका हुन् । उनले नगद ६० हजारसहित ट्रफी र प्रमाण पत्र प्राप्त गरे । दिपेशले यो प्रतियोगितामा पुरुष एकल, युगल, मिश्रित युगलतर्फ गरी तीन विधामा उपाधी जित्न सफल भए । गत संस्करणका विजेता रत्नजीत तामाङ्ग प्रशिक्षणका क्रममा जापानमा रहेका कारण प्रतियोगितामा सहभागी भएका थिएनन् ।

महिला एकल तर्फ अघिल्लो संस्करणकी उपविजेता त्रिभुवन आर्मीकी रशिला महर्जनले उपाधि उचालिन् । महर्जनले नगद ५० हजार सहित ट्रफी प्राप्त गरिन् । उनले आयोजक एपीएफकी जेशिका गुरुङ्गलाई २१—१४, १३—२१, २१—१८ ले पराजित गर्दै उपाधि उचालेकी हुन् । महर्जन छात्रा यु–१७ को पनि विजेता हुन् । गत वर्षकी विजेता सेनाकी नङ्गशल देवी तामाङ्गले कार्य व्यस्तताका कारण प्रतियोगितामा सहभागिता जनाएकी थिइनन् ।

यस्तै पुरुष युगल गत संस्करणका उपविजेता एपिएफका दिपेश धामी र विजीत थापा मगरले ट्रफी उचाले । धामी र मगरको जोडीले सेनाका प्रफुल महर्जन र सुरोज महर्जनको जोडीमाथि २१—१६, २१ —४ को सहज जित निकाले ।

महिला युगल तर्फ एपिएफकी पूजा श्रेष्ठले आफ्नो साख जोगाइन् । उनले जेशिका गुरुङ्गसँग मिलेर महिला एकलकी विजेता सेनाकी रशिला महर्जन र अनुमाया राईको जोडीलाई पराजयको स्वाद चखाइन् । श्रेष्ठ र गुरुङ्गको जोडीले महर्जन र राईको जोडीलाई २१—१०, २१—१९ को सोझो सेटमा पराजित गरे । गर्त बर्ष जित हात पार्दा पुजाको जोडीमा शिक्षा श्रेष्ठ थिइन् । बिजयी खेलाडीहरुले ट्रफी मेडल, प्रमाण पत्रका साथै नगद पुरस्रका प्राप्त गरे ।

प्रकाशित मिति : १५ चैत्र २०७५, शुक्रबार  ६ : ०० बजे

आईपीएल : शुभमन चम्किँदा गुजरात फाइनलमा, उपाधिका लागि बैंगलुरुसँग खेल्ने

काठमाडौँ– गुजरात टाइटन्स इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको फाइनलमा प्रवेश

मेघगर्जन, चट्याङ र हावाहुरीसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

बालेन सरकारको स्वास्थ्य बजेट

काठमाडाैँ- सरकारले आगामी आर्थिक वर्षका लागि स्वास्थ्य क्षेत्रमा १ खर्ब

महिला अधिकारको प्रत्याभूतिबिना समान विकास सम्भव छैन : उपराष्ट्रपति यादव

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले महिलालाई आफ्ना अधिकारबारे सचेत बनाउँदै नेतृत्व,

शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण