प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७६ पुग्यो « Khabarhub

प्रदेश १ मा कोरोना संक्रमितको संख्या ७६ पुग्यो


८ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- बुधबार राति अद्यावधिक गरेको विवरण अनुसार प्रदेश नं. १ मा कोरोना संक्रमितको संख्या ७६ पुगेको छ ।

प्रदेश १ का अनुसार झापामा १५ जना, धनकुटामा १ र धरानमा १ जनालाई कोभिड—१९ पुष्टि भए सँगै प्रदेश १ मा कोभिड—१९ पुष्टि भएको जम्मा संख्या ७६ पुगेको छ ।

जहाँ निको हुनेहरुको संख्या २६ रहेको छ । पीसीआरबाट ३ हजार सात सय ७ जनाको परीक्षण भएको छ । आरडीटीबाट ९ हजार ८ सय ३७ जनाको परीक्षण भएको प्रदेश १ ले जनाएको छ ।

यसैबीच झापामा बुधबार देखिएका १५ जना कोरोना संक्रमित मध्ये कचनकवलका १० जना रहेको जनाइएको छ ।

झापामा संक्रमित हुनेको २७ पुगेको छ। विगत केही समय यता भारतबाट आएकाहरुमा कोरोना भाइरस संक्रमण पुष्टि हुने क्रम बढिरहेको छ।

बुधबार राति पुष्टि भएकाहरु झापाको दक्षिणी सीमावर्ती कचनकवल गाउँपालिकाको क्वारेन्टाइनमा राखिएका व्यक्तिहरु भएको खुलेको छ ।

प्रकाशित मिति : ८ जेठ २०७७, बिहीबार  ७ : २७ बजे

सिनामङ्गलबाट साढे तीन मेट्रिक टन नकुहिने फोहर व्यवस्थापन

काठमाडौं- ‘राष्ट्रका लागि हप्ताको दुई घण्टा स्वयंसेवा’ भन्ने नारासहित ६८८औँ हप्तामा

ब्राउन सुगरसहित एक जना पक्राउ

झापा– झापाको बिर्तामोडबाट प्रहरीले प्रतिबन्धित लागूऔषध ब्राउन सुगरसहित एक जना

मधेस प्रदेशमा ५८ प्रतिशत धान रोपाइँ

जनकपुरधाम– यसवर्ष समयमै वर्षा नहुँदा असारको अन्तिमसम्म मधेस प्रदेशमा करिब

विष्णु पौडेलको रिहापछि अदालतप्रति रास्वपा सांसद यज्ञमणिको आक्रोश– ‘निर्मम समीक्षा गर्ने बेला भयो’

काठमाडौँ– नेकपा एमालेका उपाध्यक्ष विष्णुप्रसाद पौडेललाई सम्पत्ति शुद्धीकरण मुद्दामा विशेष

वीरगन्ज भन्सारद्वारा साढे दुई खर्ब राजस्व सङ्कलन

काठमाडौँ– वीरगञ्ज भन्सार कार्यालयले गत आर्थिक वर्ष (आव) २०८२–८३ मा