जिब्रोको अवस्थाले थाहा हुन्छ तपाईमा भएको रोग « Khabarhub

जिब्रोको अवस्थाले थाहा हुन्छ तपाईमा भएको रोग


१७ चैत्र २०७५, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


33
Shares
  • change font
  • change font
  • change font

तपाई स्वास्थ्य समस्या लिएर अस्पताल पुग्नुभयो भने डाक्टरले पहिला मुख खोल्न लगाउँछन् र जिब्रो बाहिर निकान्नुस् भन्छन् । तपाईले जिब्रो निकालेपछि डाक्टरले तपाईको जिब्रोको अवस्था हेर्छन् । पेट , टाउको दुखेर होस् वा ज्वरो आउँदा तपाईको स्वास्थ्यजाँचको शुरुवात प्रया जिब्रो हेरेरै हुन्छ । अन्य समस्या लिएर अस्पताल जाँदा डाक्टरले किन जिब्रोको अवस्था हेर्छन् ?

यस्तो छ कारण

स्वास्थ्य व्यक्तिको जिब्रो गुलाबी रंगको सफा र पातलो हुन्छ । जिब्रोले शब्दको उच्चारण र खानेकुराको स्वाद छुट्याउन मात्र नभइ मानिसलाई लाग्ने रोगको संकेत गर्ने काम पनि गर्छ । मानिसमा लाग्ने विभिन्न किसिमका रोगको लक्षण जिब्रोमा पनि देखिन्छ । त्यसैले डाक्टरहरुले जिब्रोको अवस्था हेरेर मानिसमा लागेको रोगको सजिलै पत्ता लगाउन सक्छन् ।

मानिसमा लाग्ने रोग अनुसार जिब्रोमा पनि परिवर्तनत हरु आउँछन् । जिब्रोका अवस्था हेरेर ज्वरो, खोकी, जन्डिस, रक्तअल्पता, टाउको तथा पेट सम्बन्धी समस्या भएको थाहा पाउँन सकिन्छ ।

कस्तो जिब्रो कुन रोगको संकेत

– जिब्रो पहेँलो हुने, जिब्रोको किनारामा दाँतका निशानहरु देखिनु शरीरमा रगतको कमी भएको संकेत हो ।

– जिब्रोमा कालो दाग देखिन्छ भने त्यो ऊच्च रक्तचापको समस्या भएको संकेत हो ।

–हार्टअट्याक हुनसक्ने व्यक्तिको जिब्रोको अघिल्लो भाग सुकेको हुन्छ ।

–जिब्रो पहेँलो र चिल्लो जिब्रोले रगत सम्बन्धी समस्या हुन् ।

–जिब्रो निलो भएमा मुटुसम्बन्धी समस्या हुनसक्छ ।

–जिब्रोमा चिनीका मसिना कण जस्तो थोप्ला थोप्ला देखिन्छ भने पेटमा जुका परेको हुनसक्छ ।

–जिब्रो अत्याधिक रातो, सेतो वा कालो छ भने मुखमा किटाणुको संक्रणम भएको हुनसक्छ ।

–जिब्रोको सतहमा चिरा परेको छ वा लामा र गहिरा धर्साहरु देखिन्छ भने भिरंगी भएको हुनसक्छ ।

–जिब्रोमा घाउ भइरहने समस्या छ भने पेटसम्बन्धि जटिल रोगको लक्षण हुनसक्छ ।

–जिब्रोले राम्रोसँग स्वाद थाहा पाउँदैन भने भिटामिन बी १२ को कमी हुनसक्छ ।

प्रकाशित मिति : १७ चैत्र २०७५, आइतबार  ४ : ५३ बजे

‘बुबाले कहिल्यै निर्मातासँग काम मागिदिनुभएन’, नातावादको बहसमा साराले खोलिन् मन

काठमाडौं– बलिउडमा स्टारका सन्तान हुनु अवसरको ढोका खोल्ने सजिलो माध्यम

‘गौैँथली’ लाई ‘वेस्ट फरेन सिनेमा’ को अवार्ड

काठमाडौँ–  ‘वल्र्ड फिल्म फेस्टिभल इन क्यान्स’ मा नेपाली कथानक चलचित्र

निर्वाचनपछि इरानमा आक्रमणको तयारी गर्दै अमेरिका, सतर्क रहन खाडी मुलुकलाई चेतावनी

काठमाडौँ- अमेरिकाले खाडी क्षेत्रका मुलुकहरूलाई आफ्नो मध्यावधि निर्वाचनपछि इरानविरुद्ध तीव्र सैन्य

नेपाल प्रिमियर लिग : पोखरा र सुदूरपश्चिम मैदानमा

काठमाडौं– नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करणअन्तर्गत सुदूरपश्चिम रोयल्सविरुद्ध

लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे

 काठमाडौँ – लुम्बिनी प्रदेशको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा विकास भइरहेको लुम्बिनी