शय्या अभाव हुँदा सप्तरीमा कोरोना संक्रमितलाई क्वारेन्टिनमै राखियो « Khabarhub

शय्या अभाव हुँदा सप्तरीमा कोरोना संक्रमितलाई क्वारेन्टिनमै राखियो


१६ जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी- सप्तरीमा आइसोलेशन वार्डको अभावमा कोरोना सङ्क्रमण पुष्टि भएका सङ्क्रमितलाई क्वारेन्टिनमा नै राखिएको छ ।

सङ्क्रमण पुष्टि भएपछि आइसोलेशनमा राखेर उपचार तथा रेखदेख गर्नुपर्ने भए पनि शय्याको अभावमा सङ्क्रमितलाई क्वारेन्टिनमा राख्नुपरेको गजेन्द्रनारायण सिंह अस्पतालले जनाएको छ ।

अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेण्ट डा चुमनलाल दासका अनुसार अस्पतालमा रहेका २४ शय्या भरिएको छ । सङ्क्रमितको सङ्ख्या बढेको हुँदा अन्य व्यवस्था नहुँदासम्म उनीहरुलाई बसिरहेकै क्वारेन्टिनमा अलग्गै राख्न लगाइएको उनले बताए । क्वारेन्टिनमा राखिएका सङ्क्रमितको अवस्था सामान्य रहेको उनले बताए ।

आइसोलेशन वार्डका २४ श्यया नै भरिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बिहीबार कोरोना सङ्क्रमण पुष्टि गरेका १४ जनामध्ये बोदे बर्साइनका नौ जना क्वारेन्टिनमै रहेका छन् ।

आइसोलेनशमा राख्नका लागि अस्पतालमा शय्या खाली नभएका कारण क्वारेन्टिनमै अलग्गै राखिएको मेडिकल सुपरिटेन्डेण्ट डा दासले बताए ।

प्रकाशित मिति : १६ जेठ २०७७, शुक्रबार  ७ : ४६ बजे

एक महिनापछि खुल्यो चिडियाखाना (तस्बिरहरू)

काठमाडौं– बर्डफ्लु संक्रमण फैलिएपछि करिब एक महिनादेखि बन्द ललितपुरको जावालाखेलस्थित सदर

सङ्घीय सांसदलाई सम्पत्ति विवरण बुझाउन आग्रह

काठमाडौं– सङ्घीय संसद् सचिवालयले प्रतिनिधिसभा र राष्ट्रियसभाका सदस्यहरूलाई कानुनबमोजिम सम्पत्ति विवरण

नयाँ आर्थिक वर्षको पहिलो दिन ७९ अंकले बढ्यो नेप्से

काठमाडौं– आर्थिक वर्ष ०८३/८४ को पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज

भाइरल बन्न ‘चिप’ शब्द हाल्दा बहिष्कारमा दुर्गेश-प्रियंका

काठमाडौं – एक नाबालिग गायिकाको बालत्कार प्रकरणमा जोडिएपछि बहिष्कारमा परेका

मनिता मृत्यु प्रकरणमा परिवारलाई ३९ लाख क्षतिपूर्ति दिन अदालतको आदेश

काठमाडौं– उपभोक्ता अदालतले प्रसूतिको क्रममा मृत्यु भएका मनिता शर्माको परिवारलाई