खर्च कटौतीका १० प्रस्ताव प्रस्तुत | Khabarhub Khabarhub

खर्च कटौतीका १० प्रस्ताव प्रस्तुत


२५ जेठ २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत विभिन्न मन्त्रालयका विनियोजन शीर्षकमाथि खर्च कटौतीका १० प्रस्ताव प्रस्तुत गरिएको छ ।

बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत ऊर्जा तथा सिंचाइ, शिक्षा, विज्ञान तथा प्रविधि, संघीय मामिला तथा सामान्य प्रशासन, परराष्ट्र, गृह र रक्षा मन्त्रालय तथा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, राष्ट्रिय योजना आयोगको सचिवालय, राष्ट्रपतिको कार्यालय एवं उपराष्ट्रपतिको कार्यालयसम्बन्धी विनियोजन शीर्षकमाथि एकमुष्ट छलफल जारी छ ।

ती मन्त्रालयसम्बन्धी विनियोजनको शीर्षकमाथि दुर्गा पौडेल, ज्ञानेन्द्रबहादुर कार्की, प्रेम सुवाल, रामबाबुकुमार यादव, गगनकुमार थापा, अतहरकमाल मुसलमान, डा नारायण खड्का, दिलेन्द्रप्रसाद बडू, भीमसेनदास प्रधान र प्रकाशमान सिंहले एकल र संयुक्त रुपमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत गरेका थिए ।

सांसदहरुले मन्त्रालयगत रुपमा विनियोजन शीर्षकमाथि ठोस र जनअपेक्षाका कार्यक्रम नभएको टिप्पणी गर्दै खर्च कटौतीका लागि आआफ्ना प्रस्ताव प्रस्तुत गरेका थिए ।

बैठकमा प्रधानमन्त्रीका तर्फबाट उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलले राष्ट्रिय सुरक्षा परिषद्को वार्षिक प्रतिवेदन, २०७५/७६ पेश गरेका थिए ।

प्रकाशित मिति : २५ जेठ २०७७, आइतबार  ३ : १४ बजे

आज तीजको दर खाने दिन

काठमाडौं – नेपाली हिन्दु महिलाले मनाउने चाड तीज अन्तर्गत सोमबार

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल भदौ ९ गते सोमबार। भाद्र

आज २०८२ साल भदौ ९ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल भदौ ९ गते सोमबार। भाद्र

चीनको रेलसेवामा यात्रुको उल्लेखनीय वृद्धि

बेइजिङ – चीनमा सन् २०२५ को यात्रा अवधिमा जुलाई १

चन्द्र नहरमा डुबेर एकको मृत्यु

सप्तरी – जिल्लाको कञ्चनरुप नगरपालिकास्थित चन्द्र नहरमा डुबेर आज साँझ