सरुवा रोग तथा महामारीविरुद्ध होमियोपेथिक उपचार पद्धति उपयोगी « Khabarhub

सरुवा रोग तथा महामारीविरुद्ध होमियोपेथिक उपचार पद्धति उपयोगी


२७ जेठ २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ- कोरोना भाइरसजस्ता सरुवा रोग र महामारीविरुद्ध होमियोपेथिक उपचार पद्धति पनि प्रभावकारी रहन सक्ने चिकित्सकहरूले सुुझाएका छन् ।

नेपाल सरकार पशुपति होमियोपेथिक चिकित्सालयका निमित्त प्रमुख डा. प्रेमनारायण श्रीवास्तवका अनुसार होमियोपेथिकको आफ्नै उपचार पद्धति छ र त्यसले सरुवा रोगमा पनि काम गर्छ ।

कोरोना भाइरसले आक्रमण गरेपछिको लक्षणलाई लिएर खाइनुपर्ने औषधि होमियोपेथिकमा रहेको उनको दाबी छ ।

डा. श्रीवास्तवका अनुसार अहिले रोग प्रतिरोधात्मक औषधि बाँडिएको छ । बिरामीको लक्षण अनुसार होमियोपेथिकमा आठ–दस खालका औषधि प्रयोगमा आइरहेको र चिकित्सालयमा आउनेले लाभ लिइरहेको उनले बताएका छन् ।

होमियोपेथिक चिकित्सक डा. शुद्धएस रौनियारले रोगले आक्रमण गरेका व्यक्तिमा फरक फरक लक्षण हुने हुँदा यो पद्धतिमा व्यक्ति अनुसार औषधि प्रयोग गरिन्छ । ‘आर्सेनिकम एल्बम’ नामक औषधि भने उपचारमा साझा रूपमा प्रयोग भए पनि बिरामीको प्रकृति अनुसार पाँच/छ थरीका औषधि यो पद्धतिमा रहेको डा. रौनियारले बताएका छन् ।

चिकित्सालयका पूर्व प्रमुख कन्सल्टेन्ट डा. सविर खाँले बिरामीसँग आर्सेनिक मेल खायो भने यो पद्धतिमा उपचार सम्भव भएको बताएका छन् । ’

अहिले सर्वत्र वितरण भइरहेको औषधि रोग प्रतिरोधी क्षमता बढाउने औषधि भएको बताउँदै उनले आर्सेनिक आल्वम ३० पावर नामक औषधि अहिले प्रभावकारी पाइएको बताएका छन् । (गोरखापत्रबाट)

प्रकाशित मिति : २७ जेठ २०७७, मंगलबार  ८ : २७ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै