जोर-बिजोर प्रणालीको पूर्ण पालना गर्न ट्राफिक महाशाखाको अनुरोध « Khabarhub

जोर-बिजोर प्रणालीको पूर्ण पालना गर्न ट्राफिक महाशाखाको अनुरोध


२९ जेठ २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- महानगरीय ट्राफिक प्रहरी महाशाखाले निजी सवारी साधन सञ्चालनमा सरकारले लागू गरेको जोर-बिजोर प्रणालीको पूर्ण पालना गर्न अनुरोध गरेको छ ।

महाशाखाले विहीबार विज्ञप्ति जारी गर्दै सरकारले घोषणा गरेको लकडाउनको नयाँ व्यवस्था अनुसार शुक्रबारदेखि जोर-बिजोर प्रणाली लागू हुने जनाएको छ ।

जोर बिजोर प्रणालीमा निजी सवारी साधन मात्र चलाउन पाइने महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी बरिष्ठ उपरिक्षक भिम प्रसाद ढकालले बताए ।

उनले ४ पांग्रे सवारी साधनमा चालकसहित ३ जना मानिस मात्र र २ पांग्रे सवारी साधन ( मोटरसाईकल, स्कुटर, मोपेड) मा भने चालक १ जना मात्र राखि सञ्चालन गर्न पाइने बताए ।

जोर बिजोर प्रणालीमा जोर गतेका दिन जोर नम्बर प्लेट भएको सवारी साधन र बिजोर गतेका दिन बिजोर नम्बर प्लेट भएको सवारी साधन सञ्चालन गर्नु पर्ने महाशाखाले जनाएको छ ।

अत्यावश्यक सवारी साधन बाहेक निजी सवारी साधनहरू बेलुका ९:०० बजेदेखि विहान ५:०० बजेसम्म चलाउन भने रोक लागाइएको छ ।

तर कुनै पनि कालो प्लेटका सार्वजनिक भाडाका सवारी साधन बस, माईक्रो, हाईस, ट्याक्सी, ट्याम्पो भने चल्न पाइने छैन ।

यस अघि पास लिएर सञ्चालन भएको निजि सवारी साधनहरू पनि जोर बिजोर प्रणाली अनुसार मात्र चल्न पाउने  महाशाखाले उल्लेख गरेको छ ।

अत्यावश्यक काम बाहेक जोर बिजोर प्रणालीलाई उल्लंघन गरेर सवारी साधन चलाएको पाइए विभिन्न चेकप्वाईन्टमा खटिएका ट्राफिक प्रहरीले चेकजाँच गरी नियमानुसार कारवाही गरिने महाशाखाका प्रवक्ता एसपी जीवन कुमार श्रेष्ठले बताए ।

उनले उपत्यका भित्रिने र बाहिरिने सवारी साधनलाई भने अनिवार्य पास लिएको हुनुपर्ने बताए ।

प्रकाशित मिति : २९ जेठ २०७७, बिहीबार  ९ : ५९ बजे

नगरप्रमुख महर्जनविरुद्ध सर्वोच्च अदालतमा पुनरावेदन

काठमाडौं – अख्तियार दुरूपयोग अनुसन्धान आयोगले राजस्व चुहावट गरी भ्रष्टाचार

११ किलो गाँजासहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट चारजना भारतीय पक्राउ

काठमाडौं- सशस्त्र प्रहरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट १० किलो ९६० ग्राम

राष्ट्रिय हितका विषयमा देशभित्रका सबै शक्ति एक ठाउँमा उभिनुपर्छ : प्रधानमन्त्री कार्की

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले विचारमा फरक भए पनि राष्ट्रिय

विदेश पठाइदिने भन्दै ठगी गर्ने तीन जना पक्राउ

काठमाडौं – प्रहरीले वैदेशिक रोजगारीका लागि विभिन्न देशहरूमा पठाइदिने भन्दै

जेन–जी विद्रोहका मुद्दा सम्बोधन नगरी निर्वाचन गरिनु देशप्रति धोका हाेः जेन–जी मुभमेन्ट

काठमाडौं – जेन–जी मुभमेन्ट नेपालले जेन–जी विद्रोहका क्रममा नवोदित पुस्ताले