संविधान संशोधनको पक्षमा मतदान गर्ने जनता समाजवादी पार्टीको निर्णय « Khabarhub

संविधान संशोधनको पक्षमा मतदान गर्ने जनता समाजवादी पार्टीको निर्णय


३० जेठ २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जनता समाजवादी पार्टीले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

पार्टीको दुई अध्यक्ष महन्थ ठाकुर र उपेन्द्र यादव सहित शीर्ष नेताहरुको बैठकले नेपालको नयाँ नक्सा निशान छापमा समेट्न सरकारले ल्याएको संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको हो।

‘जसपाको आज बसेको पदाधिकारी बैठकले नेपालको संविधानको अनुसूची –३ संशोधन गर्न संसदमा प्रस्तुत गरिएको ‘नेपालको संविधानलाई संशोधन गर्न बनेको विधेयक’को पक्षमा मतदान गर्ने निर्णय गरेको छ’, जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भने।

समाजवादी पार्टीले संविधान संशोधनको विषयमा सदस्यहरूलाई ह्वीप जारी गर्ने तयारी गरेको छ। त्यसका लागि पार्टीले शनिबार बिहान ११ बजेका लागि संसदीय दलको बैठक समेत बोलाएको छ ।

पार्टीका नेता शरतसिंह भण्डारीले सरिता गिरीलाई पनि स्पष्ट रुपमा संविधान संशोधन माथि दर्ता गराएको संशोधन प्रस्ताव फिर्ता लिन सुझाव दिएको बताए ।

समाजवादी पार्टीकी सांसद गिरीले सरकारले नयाँ नक्सा समेट्न ल्याएको संविधान संशोधन विधेयकमाथि नै संशोधन प्रस्ताव दर्ता गराएकी छिन्।

समाजवादी पार्टीले उनलाई संशोधन फिर्ता नलिए कारबाही गर्ने चेतावनी सहितको पत्र दिइसकेका छन्।

संविधान संशोधन विधेयक भोलि शनिबार संसदबाट पारित गर्ने कार्यसूची रहेको छ ।

प्रकाशित मिति : ३० जेठ २०७७, शुक्रबार  ५ : ३६ बजे

नक्कली भुटानी शरणार्थी प्रकरण : प्रमाणको मिसिल झिकाउन जिल्ला अदालतको आदेश

काठमाडौं । काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरण मुद्दामा

स्थलमार्गबाट आउने पर्यटकले अब अनलाइनबाटै सवारी दर्ता गर्न मिल्ने

काठमाडौँ । सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने

नेविसंघका अध्यक्ष शेर्पा कार्यकाल सकेर भए बिदा

काठमाडौं । नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ)

कर्मचारीलाई सरकारले भन्यो : तत्काल ट्रेड युनियनका कार्यालय बन्द गरेर तोकिएको काममा फर्किनू

काठमाडौँ । सरकारले ट्रेड युनियनका सबै कार्यालयहरू तत्काल बन्द गर्न