आजदेखि दुई सिफ्टमा कार्यालय सञ्चालन हुँदै « Khabarhub

आजदेखि दुई सिफ्टमा कार्यालय सञ्चालन हुँदै


१ असार २०७७, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कार्यालय दुई सिफ्टमा सञ्चालन हुने भएको छ । मन्त्रिपरिषद्को गत जेठ २८ गतेको निर्णयअनुसार बिहान ८ बजेदेखि १ बजेसम्म पहिलो र १ बजेदेखि साँझ ६ बजेसम्म दोस्रो सिफ्टमा कार्यालय सञ्चालन हुने भएका हुन् ।

लकडाउनलाई केही खुकुलो बनाएको सरकारले कोभिड­१९ को जोखिम कम गर्न सरकारी कार्यालय, बैंक, वित्तीय संस्था, सहकारी तथा बीमा सेवा आजबाट दुई सिफ्टसञ्चालन गर्ने निर्णय गरेको हो ।

यसरी सञ्चालन हुने कार्यालयमा शिक्षण संस्थाका कार्यालय, गैरसरकारी तथा निजी क्षेत्रका कार्यालयसमेत छन् । यी सबै कार्यालय दुई सिफ्टमा सञ्चालन गर्नुपर्ने छ ।

यस्तै सार्वजनिक तथा जोरबिजोर प्रणालीमा सञ्चालन हुने गरी निजी सेवा प्रदायक कार्यालयका श्रमिक तथा कर्मचारी ओसारपसार गर्न प्रयोग गरिने सवारी साधनसमेत सञ्चालन हुन पाउने छ ।

सवारीमा एक लहरमा एक जना यात्रु मात्रै राख्नुपर्ने छ । यात्रुले अनिवार्य रुपमा मास्क र सेनिटाइजरको व्यवस्था गर्नुपर्ने र सवारीलाई दैनिक निसङ्मित गर्नुपर्ने छ । सवारीमा आफ्नो कार्यालयमा काम गर्ने मजदूर तथा कर्मचारी मात्रै राख्नुपर्ने छ ।

लकडाउनलाई खुलुलो बनाए पनि तत्कालका लागि मानिसको बढी भीडभाड हुने र सहभागिता बढी हुने क्षेत्र सञ्चालन हुने छैनन् । ती क्षेत्रमा पठनपाठन, अनुमति प्राप्त बाहेकका अन्तर्राष्ट्रिय र आन्तरिक उडान, तोकिएका बाहेकका अन्तर्राष्ट्रिय सीमा नाकाबाट हुने आवागमन, सबै प्रकारका तालीम, सेमिनार, सभा, गोष्ठी र भेला सिनेमा हल, पार्टी प्यालेस, डान्सबारलगायतका मनोरञ्जनस्थल, सार्वजनिक पुस्तकालय, सङ्ग्रहालय, चिडियाखाना, स्पा, शैलुन, तथा ब्यूटीपार्लर, स्विमिङ्पुल, सपिङ मल, समूहमा खेलिने खुलकूद र खेलमैदान, सबै प्रकारका धार्मिक तथा सामाजिकस्थल यात्रुबाहक सवारीसाधान छन् ।

प्रकाशित मिति : १ असार २०७७, सोमबार  १ : १६ बजे

सीमा सुरक्षा र प्रहरीका पूर्वाधार सुधार सरकारको प्राथमिकतामा : गृहमन्त्री 

मोरङ- गृहमन्त्री सुधन गुरुङले सीमा सुरक्षा सुदृढ बनाउने र प्रहरीका भौतिक

चार मन्त्रालय घटाएर वार्षिक २० अर्ब जोगाएको सरकारको दाबी

काठमाडौं- सरकारले संघीय मन्त्रालयहरूको संख्या कटौती गरेर राज्यको वार्षिक २०

सय दिनमा सरकारले के के गर्‍यो ? (लाइभ)

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकार गठन भएको सय दिन पूरा

भेनेजुएलामा भूकम्प : मृत्यु हुनेको सङ्ख्या २,६४५ पुग्यो, १२ हजारभन्दा बढी घाइते

काराकस– भेनेजुएलामा आएको शक्तिशाली भूकम्पमा मृत्यु हुनेको सङ्ख्या २ हजार

पूर्वाधार निर्माणका गाँठा फुकाउन सार्वजनिक खरिद विधेयक : मन्त्री गौतम

काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले पूर्वाधार निर्माणका कामलाई