लकडाउन खुकुलो भएसँगै भारतमा पेट्रोलियम पदार्थको मूल्य बढ्यो | Khabarhub Khabarhub

लकडाउन खुकुलो भएसँगै भारतमा पेट्रोलियम पदार्थको मूल्य बढ्यो


२ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लकडाउन खुकुलो भएसँगै भारतमा पेट्रोलियम पदार्थको मूल्य बढेको छ ।

कोरोना महामारीका कारण लकडाउन हुँदा खपत कम भएर पेट्रोलियम पदार्थको मूल्य घटेकोमा १० दिनयता इन्धनको मूल्य निरन्तर बढेको हो ।

भारतले जुन १ देखि लकडाउन खुकुलो गरेको १६ औँ दिन मंगलबार पेट्रोलियम पदार्थको मूल्य उच्चतम बिन्दुमा पुगेको छ।

मंगलबार भारतको राजधानी नयाँदिल्लीमा डिजेल प्रतिलिटर भारतीय ७५ रुपैयाँ र पेट्रोल भारतीय ७७ रुपैयाँमा बिक्री भईरहेको छ। यस्तै हवाई इन्धनको मूल्य पनि मंगलबार मात्र १६ प्रतिशतले बढेको छ।

मंगलबार हवाई इन्धन प्रति किलोलिटर १६ दशमलव ३ प्रतिशत अर्थात् ५ हजार ४ सय ९४ भारतीय रुपैयाँले बढेर ३९ हजार ७० रुपैयाँ पुगेको छ। हवाई इन्धन प्रतिलिटर ५ रुपैयाँ ५० पैसा बढेको हो।

प्रकाशित मिति : २ असार २०७७, मंगलबार  ३ : ३६ बजे

झापामा रगत अभाव, रक्तदान गर्न रेडक्रसको अपिल

झापा– नेपाल रेडक्रस सोसाइटी झापाले जिल्लामा रगतको अभाव भएको जनाएको

पाटन दरबार डबलीमा देखाइने कार्तिक नाच आजदेखि

पाटन– ललितपुरस्थित पाटन दरबार डबलीमा देखाइने कार्तिक नाच आजदेखि प्रदर्शन

सुनसरीको हरिनगरमा दुई समूहबीच झडप, हिंसा रोक्न सेनासहितको संयुक्त गस्ती

सुनसरी- सुनसरीको दक्षिणी हरिनगर गाउँपालिका वडा नं. २ रामनगर भुटाहामा

सुपरस्टार जोडी शाहरुख–सलमान सँगै फिल्ममा ?

काठमाडौं– बलिउड  सुपरस्टार शाहरुख खानले चार वर्षको लामो ब्रेकपछि २०२३

फागुन २१ मै निर्वाचन : के भन्छन् दलका नेताहरू ?

काठमाडौं– राजनीतिक दलका नेताहरूले ‘जेन-जी’ आन्दोलनका क्रममा लुटपाट भएका सुरक्षाकर्मीका