कोरोना महामारीबाट भारत सामान्य अवस्थामा फर्किँदै : प्रधानमन्त्री मोदी | Khabarhub Khabarhub

कोरोना महामारीबाट भारत सामान्य अवस्थामा फर्किँदै : प्रधानमन्त्री मोदी


४ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस संक्रमणको महामारी जारी रहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले भारत फेरि सामान्य अवस्थामा फर्किँदै गरेको बताएका छन् ।

विभिन्न वस्तु तथा सेवाहरुको उपभोग तथा माग बढ्दै गएकाले जनजीवन सामान्य हुँदै गएको उनले बताएका हुन् ।

कोरोनाभाइरसको सङ्क्रमण फैलिन थालेपछि सरकारले लकडाउन घोषणा गरेकोले असामान्य बनेको जनजीवन अहिले सामान्य बन्न लागेको उनको भनाइ छ ।

उनले व्यापारिक तथा आर्थिक गतिविधिहरु पनि तीब्र गतिमा बढ्दै गइरहेको बताए । लकडाउनका कारण उत्पादन, विक्री, माग र उपभोग पनि घटेकोमा अहिले फेरि बढ्न थालेको प्रधानमन्त्री मोदीले बताएका छन् ।

व्यवसायिक कोइला उद्योगको उद्घाटन गर्दै उनले भने, “पछिल्लो समयमा फेरि पनि उपभोग र माग बढ्दै गएको छ भने आर्थिक गतिविधि र जनजीवन पनि सामान्य हुँदै गएको छ ।”

कोरोनाका कारण सिर्जित लकडाउनभन्दा पहिलाको जस्तै अवस्थामा पुग्न लागिसकेको पनि उनले दाबी गरे ।

“यी सङ्केतहरुले के प्रष्ट पार्दछन् भने आर्थिक गतिविधि तथा जनजीवन पहिलाको जस्तै हुन लागिसकेको छ, हामी पहिलाकै अवस्थामा फर्किदैछौँ,” उनले भने ।

कोरोनाका कारण लकडाउन लगाउनु परेको र विगत केही समय भारतको अर्थतन्त्रमा समस्या देखिएको तर वर्तमान सामान्य हुँदै गएको प्रधानमन्त्री मोदीको भनाइ थियो ।

भारतको प्रगति र बृद्धि सुनिश्चित भएको दावी गर्दै उनले भारतलाई आत्मनिर्भर बनाउने बताए ।

“केही हप्तापछि हामीले एन ९५ मास्क, कोरोना टेष्ट किट्स, पीपीई, भेन्टीलेटरलगायतका सामग्रीहरु निर्यात गर्नेछौँ,” प्रधानमन्त्री मोदीले भने ।

प्रकाशित मिति : ४ असार २०७७, बिहीबार  ७ : ३८ बजे

इजरायली हमलामा परी दुई इरानी सञ्चारकर्मी मारिए

तेहरान- इरानी राज्य प्रसारक टेलिभिजन आईआरआईबीमा इजरायलले गरेको आक्रमणमा दुई

सुर्खेतबाट हिँडेर ३१ दिनमा काठमाडौं आइपुगे नवराज बोहरा (तस्बिरहरू)

काठमाडौं– जेठ ४ गतेदेखि सुर्खेतबाट पैदल यात्रा सुरु गरेको नवराज

रेलेखोला जलविद्युत् आयोजनाबाट उत्पादित विद्युत् राष्ट्रिय प्रसारणमा जोडियो

बेनी– अन्नपूर्ण गाउँपालिका–४ नारच्याङको लेकगाउँमा निर्माण भएको छ मेगावाट क्षमताको

ट्रम्पको धम्कीपछि तेहरान छाड्ने बढे

काठमाडौं– जी ७ शिखर सम्मेलनमा भाग लिन क्यानडा जानुअघि अमेरिकी

बाजुराको छेडेदह ताल किनारमा खेल प्रशिक्षण

धनगढी– बाजुराको खप्तड छेडेदह गाउँपालिकाले छेडेदह अर्थात लभताल परिसरमा खेल