लद्दाखमा भारतीय सेनासँगको भिडन्तसँगै चिनियाँ सेनाद्वारा तिब्बतमा सैन्य अभ्यास « Khabarhub

लद्दाखमा भारतीय सेनासँगको भिडन्तसँगै चिनियाँ सेनाद्वारा तिब्बतमा सैन्य अभ्यास


५ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी-  लद्दाखको गलवान भ्यालीमा भएको हिंसात्मक भिडन्तसँगै चीनले आफ्नो सैन्य शक्तिलाई सीमा क्षेत्रमा केन्द्रित गरेको छ ।

बिहीबार तिब्बत अटोनोमस रिजनमा ठूलो सैन्य अभ्यास गरिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् । युद्धक ट्याङ्क, फाइटल जेटसहित चिनियाँ सेनाले अभ्यास गरेको जनाइएको छ ।

चिनियाँ जनमुक्ति सेनाले आफूसँग उपलब्ध क्षमताको परीक्षण गरेको हुनसक्ने अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

भौगोलिक अवस्था अनुसार लडाकु जहाज, उपलब्ध सैन्य ट्याङ्कलगायतको परीक्षण गरिएको जनाइएको छ ।

चीन सरकारले यो सैन्य अभ्यासका लागि विभिन्न ठाउँबाट हतियार, सैनिक, ट्याङ्क, बख्तरबन्द गाडी, लडाकु जहाज र नयाँ हतियारसमेत जम्मा गरेको थियो ।

नयाँ हतियार टाइप-१५ लाइटवेट ट्याङ्क, एचजे १० एन्टी ट्याङ्क मिसाइल लगायत पनि अभ्यासमा सामेल गरिएको थियो ।

चिनियाँ जनमुक्ति सेनाले यो अभ्यास ४ हजार ७ सय मिटर भन्दा धेरैको उचाइमा गरेको थियो । मल्टिपल रकेट लन्चर, तोप र एन्टि एयरक्राफ्ट सिस्टमको पनि प्रयोग गरिएको थियो । चिनियाँ जनमुक्ति सेनाको वायु सेनाले रातभर सबै प्रकारका अभ्यास गरेको जनाइएको छ ।

प्रकाशित मिति : ५ असार २०७७, शुक्रबार  ५ : ५२ बजे

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप