लद्दाख भिडन्त : भारतीय सैनिक नियन्त्रणमुक्त गरिएको खबरमा चीनको खण्डन « Khabarhub

लद्दाख भिडन्त : भारतीय सैनिक नियन्त्रणमुक्त गरिएको खबरमा चीनको खण्डन


६ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – लद्दाखको गलवान क्षेत्रमा भएको भिडन्तपछि नियन्त्रणमा लिइएका १० जना भारतीय सैनिकलाई छाडेको भन्ने खबरको चीनले खण्डन गरेको छ ।

उक्त समाचारप्रति खण्डन गर्दै चीनले कोही पनि भारतीय सैनिकलाई नियन्त्रणमा नै नलिएको प्रष्ट पारेको छ ।

भारतीय सैनिक स्रोतलाई उधृत गर्दै बिहीबार राती भारतीय दैनिक द हिन्दु लगायतका भारतीय सञ्चार माध्यमहरूले सैन्य वार्तापछि चीनले नियन्त्रणमा एक लेफ्टिनेन्ट कर्णेल र तीन मेजरसहित १० जना भारतीय सैनिकलाई छोडेको बताएका थिए।

तर शुक्रबार बेइजिङमा चीनको विदेश मन्त्रालयका प्रवक्ताले भारतीय सैनिकलाई कब्जामा नै नलिएको बताएका छन् ।

‘चीनले कुनै भारतीय सैनिकलाई कब्जामा लिएको छैन’, प्रवक्ता झाओ लिजिआनले भने, ‘भिडन्तको जिम्मेवार सम्पूर्ण रूपमा भारतीय पक्ष छ।’

चीन र भारतबीच सोमबार (जुन १५ मा) भएको हिंसात्मक भिडन्तमा २० जना भारतीय सैनिकको मृत्यु भएको थियो ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  १० : ०३ बजे

आज २०८३ साल असोज १६ गते शुक्रबारको राशिफल

काठमाडौँ – २०८३ साल असोज १६ गते शुक्रबार सन् २०२६

प्रशिक्षकसँगको विवादपछि राष्ट्रिय टोलीमा रोनाल्डोको भविष्य अनिश्चित

काठमाडाैं – प्रशिक्षक जर्ज जेससले बिहीबार डेनमार्कविरुद्धको खेलमा पोर्चुगलका सुपरस्टार

कांग्रेसको संस्थापन इतर समूहको १५औँ महाधिवेशन : तीन हजार १९१ वडामा अधिवेशन सम्पन्न

काठमाडौं – नेपाली कांग्रेस संस्थापन इतर समूहको १५औँ महाधिवेशनअन्तर्गत देशभर

बाँध भत्किएपछि जलेश्वर जलमग्न

महोत्तरी – बलवा नगरपालिकाको वन्चौरी र महोत्तरी गाउँपालिकाको गोरिगमा तथा

बंगलादेशमाथि इन्डोनेसियाको शानदार जित, बेकरले एक्लै गरे ५ गोल

काठमाडौं – इन्डोनेसियाले बंगलादेशमाथि फराकिलो जित निकाल्दै फिफा आसियान कप