सरकारको विरोध गर्दै यसरी सडकमा सुते युवा (भिडियोसहित) | Khabarhub Khabarhub

सरकारको विरोध गर्दै यसरी सडकमा सुते युवा (भिडियोसहित)


६ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस नियन्त्रण गर्न सरकार असफल भएको भन्दै युवाहरुले सडकमा सुतेर सरकारको विरोध गरेका छन् ।

उनीहरुले विभिन्न प्लेकार्डसहित काठमाडौंस्थित शहीद गेट क्षेत्रमा लम्पसार परेर विरोध जनाएका हुन् ।

सरकारले कोरोना नियन्त्रणमा प्रभावशाली काम गर्न नसकेको भन्दै  उनीहरुले मृत्युको अभिनय गरेर सडकमै सुतेका थिए ।

उनीहरुले सबैको पीसीआर परीक्षण गरिनुपर्ने, कोरोना रोकथाममा भएको खर्च हिसाब पारदर्शी गर्नुपर्ने, क्वारेन्टिनहरु सुरक्षित बनाउँनुपर्ने लगायत माग राखेका छन् ।

हेरौं भिडियो

सरकारको पछिल्लो कार्यशैलीप्रति असन्तुष्ट जनाउँदै उनीहरु शान्तिपूर्ण रुपमा सडक आन्दोलनमा उत्रिएका हुन् ।

सरकार कोरोना संक्रमण व्यवथापनमा चुकेको र आर्थिक अनियमितामा डुबेको प्रदर्शनकारीको आरोप छ।

झण्डै एक सय जनाको संख्यामा रहेका युवाले बिहान साढे १० बजेदेखि एकघण्टासम्म शहीद गेटमा सुतेर विरोध प्रदर्शन गर्ने जनाएका छन् ।

सरकारविरुद्ध निकालिएको प्रदर्शनका केही तस्वीरहरु

तस्वीर : सन्तोषराज पाण्डे

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ७ : ३३ बजे

बैठकमा नेतृत्वको विकल्पबारे कुरा उठेको छैनः अग्नि सापकोटा

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को स्थायी कमिटी बैठकमा

पृथ्वीमानले पुर्‍याएको योगदान महत्त्वपूर्ण छ : सभापति देउवा

चितवन– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले स्व पृथ्वीमान गुरुङले पार्टीमा

तनहुँमा बस भिरमा खस्नुअघि ढोकाबाट हामफालेका थिए आठ यात्रु

तनहुँ- गोरखाबाट चितवनको नारायणगढ गइरहेको बस आइतबार दिउँसो तनहुँको ऐनापहराबाट खस्दै

बहुविवाहलाई छुट दिने गरी कानुन नबनाऊ 

काठमाडौं– राजनीतिक दलका महिला सङ्गठनहरुले बहुविवाहलाई छुट दिने गरी कुनै