सरकारको विरोध गर्दै यसरी सडकमा सुते युवा (भिडियोसहित) « Khabarhub

सरकारको विरोध गर्दै यसरी सडकमा सुते युवा (भिडियोसहित)


६ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कोरोना भाइरस नियन्त्रण गर्न सरकार असफल भएको भन्दै युवाहरुले सडकमा सुतेर सरकारको विरोध गरेका छन् ।

उनीहरुले विभिन्न प्लेकार्डसहित काठमाडौंस्थित शहीद गेट क्षेत्रमा लम्पसार परेर विरोध जनाएका हुन् ।

सरकारले कोरोना नियन्त्रणमा प्रभावशाली काम गर्न नसकेको भन्दै  उनीहरुले मृत्युको अभिनय गरेर सडकमै सुतेका थिए ।

उनीहरुले सबैको पीसीआर परीक्षण गरिनुपर्ने, कोरोना रोकथाममा भएको खर्च हिसाब पारदर्शी गर्नुपर्ने, क्वारेन्टिनहरु सुरक्षित बनाउँनुपर्ने लगायत माग राखेका छन् ।

हेरौं भिडियो

सरकारको पछिल्लो कार्यशैलीप्रति असन्तुष्ट जनाउँदै उनीहरु शान्तिपूर्ण रुपमा सडक आन्दोलनमा उत्रिएका हुन् ।

सरकार कोरोना संक्रमण व्यवथापनमा चुकेको र आर्थिक अनियमितामा डुबेको प्रदर्शनकारीको आरोप छ।

झण्डै एक सय जनाको संख्यामा रहेका युवाले बिहान साढे १० बजेदेखि एकघण्टासम्म शहीद गेटमा सुतेर विरोध प्रदर्शन गर्ने जनाएका छन् ।

सरकारविरुद्ध निकालिएको प्रदर्शनका केही तस्वीरहरु

तस्वीर : सन्तोषराज पाण्डे

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ७ : ३३ बजे

लुम्बिनी प्रदेश सभामा उठ्यो केपी ओली र रमेश लेखकमाथि पक्राउको विषय

काठमाडौं– लुम्बिनी प्रदेश सभा सदस्य वसन्ती अधिकारीले पूर्वप्रधानमन्त्री एवं नेकपा

स्वास्थ्य सेवालाई सबै नागरिकको पहुँचमा पुर्‍याइने

काठमाडौं– श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री दीपककुमार साहले स्वास्थ्य सेवालाई

मन्त्री चौधरीसँग विश्व बैंक देशीय निर्देशकको भेट, कृषि सहकार्यमा जोड

काठमाडौं– कृषि तथा पशुपन्छी विकासमन्त्री गीता चौधरीसँग नेपालका लागि विश्व

नेपाल मेडिकल काउन्सिलले सार्वजनिक गर्‍यो चिकित्सक लाइसेन्स परीक्षा तालिका

काठमाडौं– नेपाल मेडिकल काउन्सिल ले २०८३ सालमा सञ्चालन हुने चिकित्सक

देउवा दम्पत्तीविरुद्ध सम्पत्ति शुद्धिकरणमा पक्राउ पुर्जी जारी

काठमाडौं– पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी तथा पूर्वमन्त्री डा. आरजु