राप्ती नदीको बाढीले खतराको बिन्दु नाघ्यो, सुरक्षा सतर्कता अपनाउन आग्रह | Khabarhub Khabarhub

राप्ती नदीको बाढीले खतराको बिन्दु नाघ्यो, सुरक्षा सतर्कता अपनाउन आग्रह


६ असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- शुक्रबार रातिदेखि परेको लगातारको वर्षाले शनिबार राप्ती नदीमा पानीको सतह खतराको बिन्दुभन्दा माथि पुगेको छ ।

दाङ, रोल्पा, प्युठान र बाँकेमा भैरहेको वर्षाले राप्ती नदीमा पानीको सतहले ‘खतराको बिन्दु’ पार गरेको हो ।

राप्ती नदीमा पानीको सतह ५.४० मिटर भन्दा बढी पुगेपछि खतराको निशान पार गरेको मानिन्छ ।

शनिवार बेलुका ६.४५ बजे नदीको सतहले ५.७४ मिटर पार गरेको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुमवांगले जानकारी दिए ।

उनले साँझ पौने सात बजेतिर नदीको सतहले ५.७४ मिटर पार गरेकोले सुरक्षा सतर्कता अपनाउन समेत आग्रह गरे ।

राप्तीमा पानीको सतह बढेपछि खतराको साइरन बजाइएको छ । साइरन बजेपछि डुबानको जोखिम रहेका क्षेत्रका मानिसहरु सुरक्षित स्थानमा जान थालेको उनले बताए ।

जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्र बाँकेका सूचना अधिकृत गौरी बुढाथोकीले नदीको सतहले खतराको विन्दु पार गरिसकेकाले बाढी पस्ने संभावित क्षेत्रहरुमा साइरन बजाइएको जानकारी दिए ।

उनका अनुसार राप्तीसोनारी गाउँपालिकाका १ देखि ७ सम्मका वडाहरु, डुडवाका १ देखि ३ र नरैनापुरका ५ र ६ नम्बर वडा अत्याधिक जोखिममा रहेका छन् ।

भारतले राप्ती नदीमा बनाएको लक्ष्मणपुर बाँधका ढोकाहरु समयमा खोलिदिँदा डुवानको जोखिम कम हुने उनले बताए ।  तर, बाँधको ढोकाहरु खोल्दा आफ्नो देशमा डुवान हुने भएकाले भारतले ढोका नखोल्ने गरेको बताए ।

जिल्ला आपतकालीन कक्षले उद्धार सामाग्रीसहित उद्धार टोलीलाई राप्तीसोनारी, डुडुवा र नरैनापुरमा सतर्क अवस्थामा राखेको उनले जानकारी दिए ।

प्रकाशित मिति : ६ असार २०७७, शनिबार  ९ : ३८ बजे

ओलीको दाबी : मंसिर २७ मा काठमाडौंबासीले नदेखेको र्‍याली र सभा हुनेछ

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर २७ मा

‘महाधिवेशनमा छलफल हुँदैन, मैले भाषण गरेपछि सोझै नेतृत्व चयनतिर जान्छौँ’

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी मंसिर २७

दिल्लीमा वायु प्रदूषण चरम स्तरमा, सडकमा विरोध

एजेन्सी– धुवाँको बाक्लो तहले सोमबार भारतको राजधानी नयाँदिल्लीलाई ढाकेको छ

ओलीको घोषणा : जेन-जी आन्दोलनले महाविपत्ति ल्यायो, टोल-टोलसम्म सुरक्षा दस्ता बनाउँछौँ

काठमाडौं- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गत भदौको

आशा जगाउँदै जेन-जी मन्त्री गुप्ता

काठमाडौं– जेन–जी आन्दोलनपछि बनेको अन्तरिम सरकार गठनको दुई महिना पुगेको छ