मुलुकका विभिन्न भू-भागमा वर्षा, कस्तो रहला आगामी २४ घण्टाको मौसम ? « Khabarhub

मुलुकका विभिन्न भू-भागमा वर्षा, कस्तो रहला आगामी २४ घण्टाको मौसम ?


७ असार २०७७, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – मुलुकका विभिन्न भू-भागमा अहिले वर्षा भइरहेको जल तथा मौसम पूर्वानूमान महाशाखाले जनाएको छ ।

भारतको पूर्वी उत्तर प्रदेशको भू-भागमा न्यून चापीय प्रणाली तथा प्रदेश १ देखि कर्णालीसम्म सक्रिय बनेको मनसुनी वायु एवं सुदूरपश्चिममा सक्रिय रहेको पश्चिमी वायुका कारण मुलुकका विभिन्न भू-भागमा दिउँसोसम्म भारी वर्षाको पूर्वानुमान गरिएको छ ।

अहिले गण्डकी, प्रदेश ५ र सुदूरपश्चिमका केही स्थानहरूमा हल्कादेखि मध्यमस्तरको वर्षा भइरहेको महाशाखाले जनाएको छ ।

यस्तै दिउँसो गण्डकी प्रदेश, प्रदेश ५, कर्णाली प्रदेश तथा सुदुर पश्चिम प्रदेशमा सामान्य बदली रही बाँकी प्रदेशहरूमा प्रदेशहरुमा आँशिक देखि सामान्य बदली रहने महाशाखाले जनाएको छ |

गण्डकी प्रदेश, प्रदेश ५, तथा कर्णाली प्रदेश धेरै स्थानहरु र बाँकी प्रदेशका केहि स्थानहरुमा  हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ भने राति प्रदेश ५ गण्डकी प्रदेश, बागमती प्रदेश, प्रदेश १ का एक वा दुई स्थानहरुमा भारी वर्षाको सम्भावना रहेको छ ।

आगामी २४ घण्टासम्म देशका धेरै स्थानहरुमा हल्का देखि मध्यम तथा केही स्थानहरूमा हुने भारी वर्षाले विभिन्न नदीमा पानीको वहाव बढ्ने, पहिरो जाने तथा डुबानको समेत जोखिम रहेकाले सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ७ असार २०७७, आइतबार  ८ : ३५ बजे

पाटेबाघ बढेसँगै थपियो संरक्षण चुनौती, पीडादायिक बन्दै मानव–बाघ द्वन्द्व

बर्दिया – बर्दिया राष्ट्रिय निकुञ्जमा आजदेखि पाँचौँ पटक बाघ गणना

कागजमा विद्यालय देखाएर साढे सात लाख झ्वाम पार्ने पूर्वमन्त्री भ्रष्टाचारी ठहर

काठमाडौँ- कागजमा मात्रै विद्यालय देखाएर सरकारी रकम भुक्तानी लिएको अभियोगमा

काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक (तस्बिरहरू)

काठमाडौं – काठमाडौं उपत्यकामा क्रिसमस इभको रौनक बढेको छ ।

लगानी वृद्धि गराउन सरकार प्रयासरत छ : अर्थमन्त्री खनाल

विराटनगर –अर्थमन्त्री रामेश्वर खनालले उद्योग र व्यापारका क्षेत्रमा लगानी वृद्धि

अधिकृत महमद शेरे मुस्तफासहित तीन जनाविरुद्ध आरोपपत्र दायर

पर्सा – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पर्साको बहुदरमाई नगरपालिकाका तत्कालीन