म्यानमारमा सडक दुर्घटनामा बीसको मृत्यु « Khabarhub

म्यानमारमा सडक दुर्घटनामा बीसको मृत्यु


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

याङ्गुन– म्यानमारको मन्दालाए राजमार्गमा गत महिना भएका सडक दुर्घटनाहरुमा कम्तीमा २० जनाको मृत्यु हुनुका साथै एकसय १३ जना घाइते भएका प्रहरी अधिकारीहरुले मङ्गलबार जानकारी दिएका छन् ।

म्यानमारको सबभन्दा व्यस्त राजमार्गमा मार्च महिनामा मात्र ५१ ओटा सडक दुर्घटना भएको बताइएको छ । राजमार्गमा हुने सडक दुर्घटनाहरु प्रायः मानवीय गल्तीका कारण हुने गरेको सरकारी अधिकारीहरुले जानकारी दिएका छन् ।

क्षमताभन्दा बढी यात्रु चढाउने, चालकले जथाभावी र उँघेर सवारी साधन हाँक्नेजस्ता कारणहरुले गर्दा दुर्घटना हुने बताइएको छ ।

याङ्गुनको मन्दालाए राजमार्गमा सन् २०१८ भरमा चारसय ७३ ओटा दुर्घटना भएको र एकसय ३ जनाको मृत्यु हुनुका साथै आठसय ७७ जना घाइते भएको जनाइएको छ । देशको व्यापारिक शहर याङ्गुन र दोस्रो ठूलो शहर मन्दालाए हो ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  ४ : २६ बजे

तस्बिरमा हेर्नुहोस् एनपीएल उद्घाटन खेलको रौनक

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करण सुरु भएसँगै

चलचित्र विकास बोर्डलाई आत्मनिर्भर आत्मनिर्भर र नाफामूलक संस्था बनाउनुपर्छ : अध्यक्ष पण्डितको योजना

काठमाडौं – चलचित्र विकास बोर्डका नवनियुक्त अध्यक्ष मनिष पण्डितले बोर्डलाई

दैलेखेको भगवतीमाईमा दुई बालिका मृत फेला

दैलेख – दैलेखको भगवतीमाई गाउँपालिकामा दुई बालिका मृत अवस्थामा फेला

चितवनमा दुई मोटरसाइकल ठोक्किँदा एकमा आगलागी, चालक ३६ प्रतिशत जले

चितवन – चितवनको भरतपुर महानगरपालिका–२३ कसरा चोक नजिक दुई मोटरसाइकल