रुकुम घटनाको विरोधमा काठमाडौंमा सिठी जुलुस (भिडियोसहित) « Khabarhub

रुकुम घटनाको विरोधमा काठमाडौंमा सिठी जुलुस (भिडियोसहित)


९ असार २०७७, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- पश्चिम रुकुमको सोतीमा दलित युवकसहित ६ जना मारिएको घटनाको विरोधमा संयुक्त राजनीतिक दलित संघर्ष समितिले मंगलबार काठमाडौंमा सिठी जुलुस निकालेको छ ।

रुकुमको चौरजहारी नगरपालिका ८ सोतीमा भएको घटनाको दोषीलाई उन्मुक्ति दिन खोजिएको भन्दै समितिले मंगलबार काठमाडौंमा सिठी जुलुस निकालेको हो ।

प्रदर्शनमा सहभागीहरुले उक्त घटनाको अनुसन्धान गहिराइमा हुन नसकेको आरोप लगाएका थिए । जातीय नरसंहारकारीहरुलाई हदैसम्मको कारवाही गर्नुपर्ने भन्दै उनीहरुल नाराबाजी गरेका थिए ।

उनीहरु सिठी जुलससहित बानेश्वरतर्फ अघि बढ्न खोजेपछि प्रहरीले रोकेको थियो । गैरदलित प्रेमिकालाई भगाएर बिहे गर्न जाजरकोटबाट रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गएका नवराज विकसहित १८ जनालाई स्थानीयले कुटपिट गरेका थिए ।

त्यसमा नवराजसहित ६ जनाको ज्यान गएको थियो । उनीहरुको शव भेरी नदीमा भेटिएको थियो ।

संघर्ष समितिले सोमबार रुकुम घटनाको विरोधमा चरणबद्ध आन्दोलनको घोषण गरेको थियो । बुधबार दिउँसो २ बजे प्रधानमन्त्री कार्यालय घेराउको कार्यक्रम रहेको कांग्रेस निकट नेपाल दलित संघका सचिव दीपक सोनीले जानकारी दिए ।

हेरौं भिडियो

प्रकाशित मिति : ९ असार २०७७, मंगलबार  ८ : २९ बजे

सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं‍– स्थानीय बजारमा सुनचाँदीको मूल्यमा सामान्य गिरावट भएको छ ।

विशेष महाधिवेशनपछि कांग्रेसको पहिलो बैठक आज

काठमाडौं– नेपाली कांग्रेसको पहिलो कार्यसमिति बैठक आज बस्दैछ । नवनिर्वाचित

रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ : शङ्कर पोखरेल

दाङ– एमाले महासचिव शङ्कर पोखरेलले रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी

सुनसरीमा ट्रक दुर्घटना : पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर