कोरोना संक्रमणपछि आत्महत्या गर्नेको दर २० प्रतिशतले बढ्यो : डा वझा « Khabarhub

कोरोना संक्रमणपछि आत्महत्या गर्नेको दर २० प्रतिशतले बढ्यो : डा वझा


१० असार २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– मनोचिकित्सक डा सरोज वझाले कोरोना संक्रमण तथा अन्य समस्याहरुका कारण मानिसहरु मानिसक रोगको शिकार भइरहेको बताएका छन् ।

कोरोना संक्रमणका कारण पारिवारिक र सामाजिक जीवनमा प्रभाव पारेको हुँदा सबै मानिसहरु मनोवैज्ञानिक डरमा बाँचिरहेको डा वझाले बताए । लकडाउन पछि मासिनमा त्रास बढेको र आत्महत्याका घटनाहरु समेत बढेको डा वझाले बताए ।

‘आज हाम्रो नेपाली दाजुभाइ दिदीबहिनीहरु पनि एक किसिमको मनोसामाजिक डर त्रासबाट गुज्रेको अवस्थामा विशेष गरी पछिल्लो कलडाउनको समयमा अहिले पत्रपत्रिकामा पनि देखिरहेका छौं आत्महत्याको दर बढ्यो भनेर,’ डा वझाले भने, ‘त्यो बारेमा सचेत हुन जरुरी छ, किनकी अहिले १५ देखि ४० वर्ष सम्मका युवायुवतीहरु आत्महत्याबाट मृत्यु वरण गरेको अवस्था देखिन्छ ।’

डा वझाका अनुसार लकडाउन पछि नेपालमा आत्महत्याको घटनामा वृद्धि भएको छ ।

‘हामीले कोभिड १९ भन्दा अगाडीको तथ्यांकलाई हे¥यौं भने नेपालमा हरेक दिन १३ देखि १५ जनाले आत्महत्या गर्ने गरेको तथ्यांक थियो भने अहिले हरेका दिन १७, १८ जनाले आत्महत्या गर्न थालेका छन् ।’

नेपालमा २० प्रतिशतले आत्महत्याको दर वृद्धि भएको डा वझाले बताए । लकडाउनका कारण युवायुवातीहरु क्वारेन्टाइन तथा आइसोलेसन र घरमै रहँदा नकारात्मक प्रभाव परेर डिप्रेसनमा गएर आत्महत्या गर्ने क्रम बढेको डा वझाले बताए ।

मानिसहरुले विभिन्न किसिमका तनाव तथा समस्याहरु झेल्न नसकेर मनोवैज्ञानिक रुपमा कमजोर भइ मानिसहरुले आत्महत्या गर्ने गरेको डा वझाले बताए ।

उनले आत्महत्या गर्ने व्यक्तिहरुले मनमा आत्महत्याको सोच आएपछि केही आफन्तलाई सेयर गर्ने गरेको र कतिपय मासिनहरुले योजना बनाएर नै आत्महत्या समेत गर्ने गरेको डा वझाले बताए ।

मनोविज्ञानमा उत्पन्न हुने नकारात्मक कुराहरुले आत्महत्या गर्न प्रेरित गर्ने र आवेशमा आएर मानिसहरुले आत्महत्या गर्ने गरेको डा वझाले बताए । त्यसैले एकान्तमा बस्न रुचाउने, नकारात्मक कुराहरु मात्र गर्ने व्यक्तिहरुलाई अन्य व्यक्तिहरुले मनोविज्ञान कमजोर भएका व्यक्तिहरुलाई परामर्श र सही सुझाव दिनुपर्ने डा वझाले बताए ।

तनावमा रहेका व्यक्तिहरुलाई परिवा र आफन्तहरुले कुरा सुनिदिने गर्नुपर्ने डा वझाले बताए । उनले मनोसामाजिक समस्या भएका व्यक्तिहरुलाई मनोचिकित्सक सँग परामर्शका लागि पठाउन आवश्यक रहेको डा वझाले बताए ।

महामारीको समयमा आपसी सद्भाव र सहयोगले मनोसामाजिक समस्या कम हुने डा वझाले बताए । उनले समस्यामा परेका व्यक्तिहरुलाई महामारीको समयमा सहयोग गर्न डा वझाको सुझाव छ ।

महामारीले निम्त्याएको डिप्रेसन काउन्सिलिङबाटै विना औषधि निको हुने डा वझाले बताए । उनले लकडाउनको समयमा पनि स्वस्थकर दैनिकी अवलम्बन गर्नुपर्ने बताए । उनले सन्तुलित खाना खाने, फलफूल तथा सागपात खाने, दैनिक योगा, मेडिटेसन, तथा व्यायाम गर्न पनि सुझाव दिए ।

उनले नकारात्मक समाचारहरु हरेर मनोबल कमजोर नबनाउन पनि सबैलाई सुझाव दिएका छन् । डा वझाले आत्महत्याका घटना कम गराउन सरकारले राष्ट्रिय योजना बनाएर न्युनीकरणको प्रयास गनुपर्ने बताए।

प्रकाशित मिति : १० असार २०७७, बुधबार  ८ : २० बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि