काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना पुष्टि « Khabarhub

काठमाडौं उपत्यकामा थप ९ जनामा कोरोना पुष्टि


११ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकाका तीन जिल्लामा पछिल्लो २४ घण्टामा थप ९ जनामा कोरोना पुष्टि भएको छ।

बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले काठमाडौँ, भक्तपुर र ललितपुरका थप ९ जनामा कोरोना पुष्टि भएको बताए।

उनको अनुसार संक्रमितमध्ये काठमाडौँका दुई महिला र दुई पुरुष गरी ४ जना, भक्तपुरका एक महिला र तीन पुरूषमा गरी चार र ललितपुरका १ पुरुषमा कोरोना पुष्टि भएको हो।

उपत्यकाका ९ सहित नेपालमा पछिल्लो २४ घण्टामा थप ४३४ जनामा कोरोना पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या ११ हजार १६२ पुगेको प्रवक्ता गौतमले बताए।

पछिल्लो २४ घण्टामा ३१२ जना कोरोना संक्रमित उपचारपछि निको भएर डिस्चार्ज भएका छन्। आज डिस्चार्ज हुनेमा १९ महिला र २९३ जना रहेका छन्।

योसँगै नेपालमा उपचारपछि निको हुनेको संख्या २ हजार ६५० पुगेको छ। जसमा २१६ महिला र २ हजार ४३४ पुरुष रहेका छन्। त्यस्तै पछिल्लो २४ घण्टामा दुई पुरुषको निधन भएसँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २६ पुगेको प्रवक्ता गौतमले बताए।

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार  ५ : ०५ बजे

अनलाइनबाट मतदाता नामावली दर्ता

तनहुँ– निर्वाचन आयोगले मतदाता नामावली सङ्कलन तथा अद्यावधिक कार्यक्रम पुनः

फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह

कैलाली– टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह

रास्वपाको उदयमा बालेनको नेतृत्व : जनलहरको अग्निपरीक्षामा नयाँ सरकार

हालै सम्पन्न प्रतिनिधिसभाको निर्वाचन परिणाम धेरै अर्थमा ऐतिहासिक, अभूतपूर्व र

वर्षाका कारण बुटवल–नारायणगढ सडक अवरुद्ध

नवलपरासी– वर्षाका कारण बुटवल–नारायणगढ सडकमा यातायात सेवा अवरुद्ध भएको छ

इजरायल र हिजबुल्लाहबीच भीषण आक्रमण : अमेरिका-इरान युद्धविराम संकटमा

जेरुसेलम – इजरायलले लेबनानमा भीषण हवाई आक्रमण गरेपछि अमेरिका र