परराष्ट्र मन्त्रालयले भन्यो : चीनसँग सीमा विवाद छैन « Khabarhub

परराष्ट्र मन्त्रालयले भन्यो : चीनसँग सीमा विवाद छैन


११ असार २०७७, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- परराष्ट्र मन्त्रालयले नेपाल-चीनबीच सीमा सम्बन्धी कुनै पनि समस्या उब्जिए द्वीपक्षीय वार्ताद्वारा समाधान गर्ने जनाएको छ ।

संचारमाध्यममा चीनले नेपाली भूमि मिचेको भन्ने समाचार आएपछि ध्यानाकर्षण भएको जनाउँदै परराष्ट्र मन्त्रालयले बिहीबार एक विज्ञप्ति जारी गरेर उक्त कुरा बताएको हो ।

कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको अस्तित्वमा नै नरहेको रिपोर्टलाई आधार बनाएर आएका समाचारमा सत्यता नभएको परराष्ट्रको विज्ञप्तिमा उल्लेख छ ।

परराष्ट्र मन्त्रालयले सीमा विवादका बारेमा ५ अक्टुबर १९६१ मा समाधान भएको बताएको छ। नेपालको विभिन्न जिल्लामा गरी ३३ हेक्टर जमिन अतिक्रमण गरेको समाचार सार्वजनिक भएपछि बिहीबार परराष्ट्र मन्त्रालयले ध्यानाकर्षण भएको जनाएको हो ।

कुनै सीमा समस्या देखिएमा दुवै मुलुकका सम्बन्धित निकायबीच आपसी सहमतिमा नै सल्टाउने पनि परराष्ट्र मन्त्रालयले जनाएको छ ।

चीनले विभिन्न जिल्लामा नेपाली भूमि मिचेको भन्दै फिर्ता ल्याउन मागसहित बुधबार प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका केही सांसदहरूले संघीय संसद प्रतिनिधिसभामा संकल्प प्रस्तावसमेत दर्ता गराएका थिए ।

प्रकाशित मिति : ११ असार २०७७, बिहीबार  ६ : ३१ बजे

वैदेशिक रोजगारीबाट फर्किएका आचार्य व्यावसायिक सागसब्जी खेतीमा रमाउँदै

इनरुवा– जिल्ला सदरमुकाम इनरुवा–८ का गणेश आचार्य वैदेशिक रोजगारीबाट फर्किएपछि व्यावसायिक

संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाद्वारा सरकारविरुद्ध प्रदर्शन (तस्बिरहरू)

काठमाडौं– सुकुम्वासीहरूलाई उचित व्यवस्थापन बिना नै उठीबास लगाएको भन्दै संयुक्त

सुरुङ सञ्चालनअघि ‘मर्निङवाक’ गर्नेको रोजाइ बन्यो नागढुंगा-सिस्नेखोला लिंक रोड (तस्बिरहरू)

काठमाडौं– नागढुंगा–सिस्नेखोला सुरुङमार्गलाई कलंकी–नागढुंगा सडकखण्डसँग जोड्ने प्रमुख लिंक रोड अहिले बिहानको

खजुरामा हुलाकी सडकको वैकल्पिक मार्ग निर्माण

राँझा– खजुरा गाउँपालिकाले नेपालगञ्ज–गुलरिया हुलाकी सडकको वैकल्पिक मार्गका रूपमा धवलागिरि गाउँ