चीनमा प्रतिबन्ध लगाउनुपर्ने भन्दै विवादित बनेको 'कुकुरको मासु उत्सव' सुरु | Khabarhub Khabarhub

चीनमा प्रतिबन्ध लगाउनुपर्ने भन्दै विवादित बनेको ‘कुकुरको मासु उत्सव’ सुरु


१२ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बेइजिङ- चीनको गवाङ्सी जुआङस्थित युलिन सहरमा कुकुरको मासु उत्सव सुरु भएको छ ।

जंगली र घरपालुवा जनवारको मासु प्रतिबन्ध लगाउने चीन सरकारको अभियानका बाबजुद गवाङ्सी जुआङस्थित युलिन सहरमा कुकुरको मासु उत्सव सुरु भएको हो ।

१० दिनसम्म चल्ने यो उत्सवमा हजारौं मानिसहरु सहभागी हुने न्युयोर्क पोस्टले जनाएको छ । तर, अभियानकर्ताहरुले भने विगतका भन्दा यस वर्ष कम सहभागी हुने र सम्भवत: यो वर्ष अन्तिम उत्सव हुने बताएका छन् ।

“मलाई आशा छ किन जनावरका लागि मात्र नभएर मानिसको स्वास्थ्य र सुरक्षाका दृष्टिकोणले पनि यस्ता पर्वहरु अब हुनेछैनन् र युलिन परिवर्तन हुनेछ,” चीनी नीति विज्ञसमेत रहेका जनावर अधिकारकर्मी पिटर लिले भने ।

उनले यस्ता पर्वहरु आयोजना गर्दा र मानिसहरु भिडभाड जम्मा हुँदा जनस्वास्थ्यमा खतरा उत्पन्‍न हुने र कोरोना भाइरसको संक्रमण थप बढ्ने बताएका छन् ।

नोभेल कोरोना भाइरस चमेरोबाट आएर मानवमा सरेको भनिएकोमा चीनले जनवारबीचको सम्बन्धलाई फेरि पुनर्मूल्यांकन गर्न आवश्यक रहेको बताएको छ ।

चीन सरकारले वन्यजन्तुको व्यापार र घरपालुवाको सुरक्षात्मक उपायसम्बन्धी नयाँ नियम ल्याउने तयारी समेत गरिरहेको बताइएको छ । गत फेब्रुअरीमा चीन सरकारले वन्यजन्तुको व्यापारमा रोक लगाएको थियो ।

गत अप्रिलमा सेन्जेनमा कुकुरको मासुसमेत बिक्री गर्न प्रतिबन्द लगाउने पहिलो सहर बनेको थियो ।

कृषि मन्त्रालयलेसमेत कुकुरलाई घरमा पाल्‍न सकिने भए पनि मासुजन्य पशुको रुपमा राख्‍न नहुने बताएको थियो ।

नोभेल कोरोना भाइरसको संक्रमण बढेपछि कुकुरलगायतका जनावरको मासुमा प्रतिबन्ध लगाउनुपर्ने भन्दै चर्को विरोध समेत भएको थियो ।

प्रकाशित मिति : १२ असार २०७७, शुक्रबार  १ : २१ बजे

निजी विद्यालयहरूमा भदौ २४ र २५ गते शोक विदा

काठमाडौं – जेनजी आन्दोलनका क्रममा देशभरका विभिन्न स्थानमा थुप्रै युवा

प्रधानमन्त्री र गृहमन्त्रीलाई पक्राउ गरी जेल पठाउनुपर्छ : सांसद शाही

काठमाडौं – सरकारद्वारा जेनजी आन्दोलनमाथि गरिएको दमनप्रति राष्ट्रिय प्रजातन्त्र पार्टी

के प्रधानमन्त्री ओलीले राजीनामा देलान् ?

काठमाडौं – जेनजी पुस्ताको प्रदर्शन हिंसात्मक बनेपछि १९ जना प्रदर्शनकारीको

ओलीलाई भेट्न बालुवाटार पुगे देउवा

काठमाडौं – मन्त्रिपरिषद् बैठक जारी भएको बेला कांग्रेस सभापति शेरबहादुर

मन्त्रिपरिषद् बैठक : छानबिन समिति गठन गर्ने निर्णय

काठमाडौं – सोमबार बसेको मन्त्रिपरिषद् बैठकले जेनजी पुस्ताले गरेको प्रदर्शनमा