सलह कीराबाट बाली जोगाउन सर्तक रहन अपिल « Khabarhub

सलह कीराबाट बाली जोगाउन सर्तक रहन अपिल

कीरा पक्रेर ल्याउनेलाई प्रतिकेजी २५ रुपैयाँ प्रोत्साहन दिइने


१९ असार २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कैलाली- सुदूरपश्चिम प्रदेशमा सलह कीराको संख्या बढेपछि सतर्क रहन अपिल गरिएको छ ।

सोमबार कैलालीका केही स्थानमा सानो संख्यामा भित्रिएका सलह बिहिबार बेलुका कैलालीकै केही स्थानमा हजारौँको संख्यामा देखिएपछि सर्तकता अपनाउन कृषि निर्देशनालयले अपिल गरेको छ ।

यसअघि स–सानो झुन्ड टुक्रिएर सलह कीरा प्रदेशका कैलाली, डडेल्धुरा, बैतडी, अछाम र बाजुरा जिल्लामा पुगेको थियो तर बिहिबार हजारौँको झुण्डमा देखिएको सुदूरपश्चिम कृषि निर्देशनालयका निर्देशक यज्ञराज जोशीले बताए ।

निर्देशक जोशीले कैलालीको टीकापुर र धनगढी आसपासको क्षेत्रमा बिहिबार सलह कीरा झुण्डमै देखिएको बताए ।

‘हजारौँको संख्यामा सलह टीकापुर र धनगढी आसपास क्षेत्रमा प्रवेश गरेको देखिन आएको छ, सर्तक र सजगता अपनाउन आग्रह गर्दछु, ’ निर्देशक जोशीले भने ।

उनले प्रदेशवासीलाई फिल्ड अवलोकन गरी सलह पक्रन, छोप्न, पासो, नेट, जाली, झुल प्रयोग गर्न, विषादी प्रयोग गर्न ठूलो आवाज निकाली थपाउन आग्रह समेत गरेका छन् ।

उनले कीरा पक्रेर ल्याए २५ रुपैँयाका दरले प्रदेश सरकारले खरिद गर्ने निर्णय यस अघि नै गरिसकेको बताउँदै सलह नियन्त्रणका लागि प्रदेश सरकार कृषि निर्देशनालयले प्रयास गरिरहेको र यसमा सबैको सहयोग र सहकार्यको आवश्यकता रहेको उल्लेख गरे ।

प्रकाशित मिति : १९ असार २०७७, शुक्रबार  १० : २६ बजे

अधिवक्ता मिश्र कैलाली ३ बाट स्वतन्त्र उम्मेदवार बन्ने

धनगढी- आगामी निर्वाचनमा कैलाली क्षेत्र नम्बर ३ बाट युवा कानुन

देउवाको नियति : शक्तिमा हुँदा जहिल्यै गलहत्तिनुपर्ने, भोग्न बाध्य भए बीपीदेखि गगनसम्मको चोट

काठमाडौं – नेपाली कांग्रेसको सभापतिका रूपमा शुक्रबारदेखि वैधानिकता गुमाएका शेरबहादुर

तनहुँमा एकजना मृत फेला

तनहुँ – तनहुँको म्याग्दे गाउँपालिका–५ धारापानीस्थित भिमाद बेलचौतारा भित्री सडकखण्डमा

अमरेशकुमार सिंह रास्वपामा प्रवेश गर्दै

काठमाडौं – नेपाली कांग्रेसबाट कारबाहीमा परेपछि २०७९ को प्रतिनिधि सभा

पर्यटन उद्योग अर्थतन्त्रको मेरुदण्ड : उपराष्ट्रपति यादव

काठमाडौं – उपराष्ट्रपति रामसहाय प्रसाद यादवले पर्यटन उद्योग राष्ट्रिय अर्थतन्त्रको