हङकङका प्रदर्शनकारीलाई शरणार्थीको दर्जा दिने अमेरिकाको तयारी « Khabarhub

हङकङका प्रदर्शनकारीलाई शरणार्थीको दर्जा दिने अमेरिकाको तयारी


२० असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – अमेरिकाले हङकङका प्रदर्शनकारीलाई शरणार्थीको दर्जा दिने भएको छ ।

त्यसलाई बैधता दिन अमेरिकी सदनमा विधेयक दर्ता भएको छ । चीनले स्वतन्त्रताको वकालत गर्ने हङकङका आन्दोलनकारीलाई दमन  गर्ने गरी नयाँ सुरक्षा कानून लागू गरेपछि अमेरिकाको दुबै सदनका सांसदले हङकङका आन्दोलनकारीलाई शरणार्थीको दर्जा दिने विधेयक दर्ता गराएका हुन् ।

हङकङ सेफ हार्बर एक्ट नाम दिइएको सो विधेयकलाई सिनेटरहरु बब मेनेन्डेज, टोड योङ, बेन काडिएन, जेफ मर्कले,मार्को रुबियोले माथिल्लो सदन तथा जोन कर्टिस, माइक ग्यालागर, टम सुजी र जिम म्याकगर्भनले तल्लो सदनमा दर्ता गराएको द वाल स्टेर्ट जर्नलले जनाएको छ ।

विधेयकमा कति हङकङबासीलाई यस्तो दर्जा दिइने हो, उल्लेख छैन। यसअघि बेलायती प्रधानमन्त्री बोरिस जोनसनले ‘ब्रिटिस नेसनल ओभरसिज’ दर्जा पाएका ३० लाखभन्दा बढीलाई नागरिकताको बाटो खुला गर्न तयार रहेको बताएका थिए।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ५ : ३६ बजे

लागूपदार्थ सेवन गरेर सवारी चलाउनेमाथि ट्राफिक प्रहरीको कडाइ, एकैदिन १०१ चालक कारबाहीमा

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरीले विशेष अभियानअन्तर्गत ‘सप्राइज चेकिङ’ का 

पाल्पामा बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालन

पाल्पा– यहाँ दुई वर्षदेखि बन्द रहेको अक्सिजन प्लान्ट पुनः सञ्चालनमा

हच सहरमा राष्ट्रिय फूल बगैंचा परियोजना सुरू, नेपाल-चीन सांस्कृतिक सहकार्यमा अर्को खुट्किलो

बेइजिङ- चीनको हच सहरस्थित मुतान जिल्लाको कूआन्यु पियोनी बगैंचामा ‘युनिभर्सल

चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुपले ‘आईपीओ’ शेयर निष्कासन गर्ने

काठमाडौं– चन्द्रागिरि इन्भेष्टमेन्ट ग्रुप लिमिटेडले साधारण नागरिकका लागि प्राथमिक शेयर

चर्को आलोचनापछि स्वास्थ्यको कारण देखाउँदै सरकारले छोड्यो युट्युबर रोशनलाई

काठमाडौं– युट्युबर रोशन पोख्रेल रिहा भएका छन् । प्रधानमन्त्री बालेन्द्र