सनाखत नहुँदा एक सातादेखि अस्पतालमै रह्यो शव « Khabarhub

सनाखत नहुँदा एक सातादेखि अस्पतालमै रह्यो शव


२० असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

झापा- एक साता अघि उत्तरी झापाको बुद्धशान्ति गाउँपालिका–४ स्थित बर्ने चिया बगानभित्र अर्धनग्न अवस्थामा मृत भेटिएकी एक महिलाको हालसम्म सनाखत हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाका अनुसार मेची राजमार्गबाट ३०० मिटर पूर्व बर्ने चिया बगानमा घोप्टो परेको अवस्थामा महिलाको शव भेटिएको थियो ।

मृतकको सनाखत हुन नसकेपछि उक्त शव धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा राखिएको छ । सोही प्रतिष्ठानमा शव परीक्षण जाँच गरिएको उहाँले जानकारी दिनुभयो ।

शवको प्रकृति हेर्दा कसैले महिलाको हत्या गरेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । मृतकको मुख रुमालले बाँधिएको, शरीरको कम्मरमुनिको पछाडिको भागको कपडा खोलिएको र निधारमा ताजा चोट भएको प्रहरीका जिल्ला प्रवक्ता थापाले बताए ।

घटनास्थल नजिकैबाट प्रहरीले पेप्सीको बोतलमा मदिरा, आधा प्याकेट चाउचाउ र छाता भेटेको जनाएको छ ।

प्रहरीले घटनाको अनुसन्धान अघि बढाउनुका साथै मृतकको सनाखतका लागि आफन्तको खोजीकार्य जारी राखेको छ ।

घटनास्थल इलाम जाने मेची राजमार्ग नजिक रहेको हुँदा मृतक इलामको समेत हुनसक्ने ठानेर झापा र इलामका प्रहरी एकाइमार्फत आफन्तको खोजी अघि बढाइएको प्रहरीको भनाइ छ ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ११ : २५ बजे

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर

संसदीय दलको नेता चयनप्रति असन्तुष्टि जनाउँदै एमाले युवाहरूद्वारा विरोध प्रदर्शन

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले) सम्बद्ध युवाहरूले पार्टी नेतृत्वप्रति

दलको नेता चयनप्रति सुरेन्द्र पाण्डे असन्तुष्ट, भने : पार्टीभित्रको लोकतन्त्र कमजोर भइसक्यो

काठमाडौं – नेकपा एमालेका नेता सुरेन्द्र पाण्डेले पार्टी भित्र आन्तरिक