बाँदर धपाउन ‘मंकी एयर गन’ वितरण « Khabarhub

बाँदर धपाउन ‘मंकी एयर गन’ वितरण


२० असार २०७७, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सन्धीखर्क-  केही वर्षदेखि खेतबारीमा लगाइएको अन्नबाली बाँदरले सखाप पार्न थालेपछि अर्घाखाँचीको छत्रदेव गाउँपालिकाले किसानलाई मङ्की एयर गन वितरण गरेको छ ।

कृषकको गुनासोलाई ध्यानमा राखी गाउँपालिकाका आठ वडामा पाँच थानका दरले बाँदर धपाउने यन्त्र वितरण गरिएको अध्यक्ष लेखनाथ पोख्रेलले जानकारी दिए ।

दैनिकजसो किसानको अन्न बाली खाने र क्षति गरेकाले अन्नबाली संरक्षणका लागि कार्बन राखेर बन्दूक पड्काए जस्तो आवाज आउने र बाँदर डराएर भाग्ने भएकाले मङ्की एयर गन वितरण गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत खिमानन्द भुसालको भनाइ छ ।

जिल्लाका विभिन्न गाउँमा बाँदरले अन्नबाली सखाप पार्दै आएको छ । अघिल्ला वर्ष छत्रदेव गाउँपालिकाले गाउँगाउँमा बाँदर हेरालुको व्यवस्था गरेको थियो ।

मकैबारीमा पसेको बाँदर लखेट्ने क्रममा गत वर्ष साउनमा मालारानी गाउँपालिकामा एक जनाको ज्यानसमेत गएको थियो ।

प्रकाशित मिति : २० असार २०७७, शनिबार  ६ : ४९ बजे

पिकअपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु

मकवानपुर – मकवानपुरको हेटौँडामा पिकअप गाडी र मोटरसाइकल एकआपसमा ठोक्किँदा

किन घटे मुस्ताङ आउने पर्यटक ?

मुस्ताङ – गत आर्थिक वर्षको पहिलो तीन महिनाको तुलनामा चालु

गाजामा इजरायली हवाई आक्रमणमा हमासका तीन सदस्य मारिए

जेरुसेलम – गाजा पट्टीमा गत सप्ताहान्त इजरायलले गरेको हवाई आक्रमणमा

तातोपानी नाका नियमित सञ्चालनको माग, दुई दिनमा जम्मा १० कन्टेनर नेपाल भित्रिए

सिन्धुपाल्चोक – यही कात्तिक १ गतेदेखि अस्थायी रुपमा सञ्चालनमा ल्याइएको

ओमनविरुद्ध १० रनले विजयी हुँदै नेपाल लिग-२ को छैटौँ स्थानमा

काठमाडौं- नेपालले आईसीसी पुरुष क्रिकेट विश्वकप लिग-२ को आफ्नो अन्तिम